डोल्पाका आठ मध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

डोल्पा  /  आठवटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ । छ वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा,गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ ।   ठुलिभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । आगामि आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ । त्यसैगरी मुड्केचुला,जगदुल्ला,शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।
सबै नेतृत्वहरु सर्वसम्मत रुपमा चयन गरिएको उहाँको भनाइ छ । डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पनहुने बुढाको बताए । विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताएको छ ।





error: Content is protected !!