विकास निर्माणमा खेलाँची

हेमन्त केसी
जाजरकोट –  तोकिएको मुल्य भन्दा निकै कममा ठेक्का लिइ निर्धारित समयमा काम नगर्दा जिल्लाको विकास निर्माणको गतीमा अवरोध हुँदै आएको छ ।

अस्वास्थ्य प्रतिस्पर्धाका कारण कम अंकबोलमा कामको जिम्मेवारी लिइ बीचमा पन्छिने कार्यले गर्दा समस्या हुँदै आएको जानकारहरु बताउँछन् । २०६५ बाट विकासको सुरुवात भएको जाजरकोटमा सुरुमा सडक निर्माणलाइ मात्र पहिलो प्राथमिकता दिइएको थियो । सुर्खेतको रकम स्थित भेरी नदीको पुल १३ वर्ष सम्मा निर्माण नहुँदा भारी धोका खाएका जाजरकोटीले रकमबाट जाजरकोट सदरमुकाम सम्मा मात्र १५ वर्ष पछि १२ पुल निर्माण भएका छन् ।

तोकिएको समयमा निर्माण नहुँदा यि पुलहरु कम्तिमा पाँच पटक सम्मा म्याद थपेर निर्माण गरिएका छन् । पिचको ठेक्का लिएका निर्माण व्यवसायीले पिच गरेको दुइ वर्ष नवित्दै ठाउँ ,ठाउँमा प्वाल पर्नुका साथै दुर्घटनाको मुल जड नै सडक बन्दा २०० भन्दा धेरै मानिसले यही सडकमा अहिले सम्मा अकालमै ज्यान गइसकेको छ । तीन वटा आर्थिक वर्षमा मात्र २८ जना जाजरकोटीले सडक दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख भएको विवरण छ ।

सदरमुकाम तथा मुख्य सडकमा मात्र नभइ गाउँ , गाउँमा समेत तोकिएको मापदण्डमा सडक निर्माण नगर्दा दैनिक दुर्घटना समाचारहरु सार्वजानिक भइरहेका छन् । तीन वटा मुख्य सडकहरु जाजरकोटकै भूभाग भएर जान्छन् तर सबै तोकिएको मापदण्डमा निर्माण नहुँदा मान्छे मार्ने धराप बन्दै गएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

त्यस्तै खलंगा –पाँचकाटिया (२१ किमी) सडकमा समेत गुणस्तरहिन सडक निर्माण गर्दा पटक पटक सर्बसाधारणले दुख पाउने गरेका छन् । तोकिएको समय भारी समय ढिला ट्याक औपन भएको यो सडकमा २५ करोड भन्दा बढी खर्च भएपनि सडकको अवस्था सुधार हुन सकेको छैन । हिउद याममा मात्र हलुका सवारी साधन गुडने गरेका छन् भने वर्षायाममा यो सडकमा पैदल हिड्न नै मुस्किल हुने गर्दछ । जाजरकोट –डोल्पा सडक खण्ड भित्रका बिभिन्न भागमा काम भइरहेको भएपनि सो सडक तोकिएको समयमा निर्धारण गरिएको भुभागमा निर्माण हुन सकेको छैन ।
अहिले सम्मा खलंगा – रिम्ना सम्मा पिचको काम भइसक्नुपर्ने भएपनि १ मिटर पिच गरिएको छैन । पिचको काम सँगै ११ केभी बिद्युतको प्रशारण लाइन तीन वर्षअघि भइसक्नुपर्ने भएपनि अहिले सम्मा २० प्रतिशत काम भएको छैन । खलंगा –कुशे –बारेकोट, जुनिचाँदे , शिवालय र नलगाडमा लिने भनिएको विद्युतका लाइनहरु निर्माण व्यवसायीले तीन वर्ष देखि काम नगरी बीचमै छोडदा सर्वसाधाणहरु आक्रोषित भएका छन् । राजनीतिक पहुँचकै कारण विकास निर्माणका कामहरु तोकिएको समयमा नगर्ने तर एक ठाउँको रकम अर्को ठाउँमा लगाउने शैलीका कारण सर्वसाधारणले दुख पाउदै आएका छन् ।

तीन वर्ष अघि निर्माण भइसक्नुपर्ने जाजरकोटका गाउँमा रहेका टेलिफोन टावरहरु ७० प्रतिशत मात्र निर्माण भएका छन् भने अझैँ ३० प्रतिशत बाँकी रहेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । जाजरकोट खण्डको काम गर्न ढिलाइ हुँदा डोल्पाको विकास निर्माणमा समेत बाधा पुगेको छ । जिल्लामा करोडौ बजेट जिल्लामा आएपनि काम नहुँदा फ्रिज भएर जानुका साथै भएका कामहरु समेत धिमा गतीले गर्दा जाजरकोटले विकासको गती पर्कन सकेको छैन ।

दुर्गम जिल्ला मध्य पर्ने जाजरकोटमा कर्णाली १० जिल्ला मध्य स्वास्थ्य क्षेत्रमा भारी सुधार ल्याउने उदेश्यले सदरमुकामा ५० शश्याको भवन तथा अन्य कामहरु भइरहेका छन् ।पालिका स्तरमा निर्माण हुने भनिएका १० र १५ शश्याको स्वास्थ्य संस्थाहरुको अहिले सम्मा जग नै हालिएको छैन । कत्तै जग्गा विवाद त कत्तै पालिकाले नै खेलाची गर्दा कामले गती नलिएको हो ।

सदरमुकाम स्थित सडक निर्माण गर्दा मापदण्ड विपरित भएको भन्दै कुरा उठाउदा उठाउदै सडक डिभिजन चौरजहारीले भुक्तानी गर्दा वर्षेनी सदरमुकामबासीले दुख व्यहोर्दै आएका छन््् । जुनिचाँदेको बड्कुलेमा निर्माण गर्न लागिँएको स्वास्थ्य संस्थाको भवन ९ वर्ष देखि अलपत्र भएको छ । ठेकेदारले काम नगर्दा सो भवन अहिले सम्मा बनाएको जगमा समेत बोटविरुवाले बास गरिसकेका छन् । सर्बसाधारणहरु दैनिक दुख पाउदा नेतृत्व गर्ने नेतालाइ भारी गाली गर्छन तर ठेकेदारहरु जसले जती ताकेता गरेपनि सुने पनि नसुनेझैँ गरि चुप लाग्ने गरेको नलगाड नगरपालिका –३ ललित विष्टले बताए ।

त्यस्तै पश्चिम क्षेत्रको सडकको किल्ला मानिएको मोर्क खोलाको पुल १२ वर्ष देखि आधा काम भएको छ । अहिले भौतिक पूर्वाधार विकास कार्यालय सो पुल निर्माण गर्दा केही विकास भएको छ । प्रदेश कार्यालयले निर्माणको जिम्मेवारी लिएका सडक , पुल र अन्य विकास निर्माणका कामहरुले गती लिएको छ । संघीय सरकारले सुरु गरेका कामहरु तोकिएको समयमा तोकिएको काम नहुँदा सर्बसाधारणले दुख पाइरहेका छन् ।

अधिकांश कामहरु जिल्ला भित्रका निर्माण व्यवसायीले लिएका ठेक्काहरु काम नभएको पाइन्छ । जिल्लाको विकास निर्माण र ताकेका विषयमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय प्रमुखको वैठकमा समेत काम छिटो गर्नका लागि दबाद दिने होइन भने त्यस्ता कार्यालय प्रमुखको विकल्प खोज्ने बताएका थिए । मिलेमत्तोमा सबै काम गर्ने तर विकास निर्माणमा खेलवाड गर्ने छुट कसैलाइ नभएको उहाँले बताउनुभयो ।





error: Content is protected !!