कृषकको खेतबारी पुग्ने पहिलो स्थानीय तह भेरी

जाजरकोट ः भित्र्याउन लागेको धानबालीमा लगातार परेको बेमौसमी बर्षाका कारण क्षती भएपछि कृषकको खेतबारीमा पुग्ने भेरी नगरपालिका पहिलो भएको छ । नगरपालिकाको कृषि शाखा , जनप्रतिनिधि हिजो मात्र होलुखोलामा पुगेर क्षतीको विवरण संकलन तथा कृषकसँग अन्तरक्रिया समेत गरेका छन् ।

धानको विउँ उत्पादन देखि अन्य बालीको विउ उत्पादन गर्दै आएको भेरीले कृषकको क्षतीको विवरण पत्ता लगाउन खेतबारीमै पुगेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । जाजरकोटका ७ प्रतिशत धानबालीमा क्षती पुगेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले बताए ।





error: Content is protected !!