स्वास्थ्य सेवा कार्यालयको बार्षिक समिक्षा ः कुन पालिका पहिलो होला ?
जाजरकोट ः स्वास्थ्य सेवा कार्यालयले आज बार्षिक समिक्षा सुरु गरेको छ । कोभिडको चुनौती मोल्दै कामलाइ गती दिएको स्वास्थ्य सेवा कार्यालयले सातै वटा स्थानीय तहको समेत समिक्षा हुने छ ।
५० शश्याको स्वास्थ्य सेवा कार्यालय देखि १५ , १० शश्याका पालिका स्तरका स्वास्थ्य संस्थाबाट भए गरेका कामको समिक्षा लिपिवद्ध गरेर सार्वजानिक सुरु भएको छ । आफ्नो ज्यान हत्केलामा राखेर खटिएका स्वाथ्यकर्मीको मेहनतले कुन पालिकाले कति नम्वरको स्थान ल्याउछ भन्ने कुराको समेत जाँच हुने छ ।आव २०७७/७८ मा बारेकोट पहिलो , नलगाड दोस्रो र भेरी नगरपालिका दोस्रो भएको थियो । यो वर्ष कसले बाजी मार्ला त ?