पहिरोले सल्लीबजार–चौरजहारी सडक अवरुद्ध

सल्यान ः लगातारको वर्षाका कारण सल्लीबजार चौरजहारी सडकखण्ड अवरुद्ध भएको छ । बन्गाड कुपिण्डे नगरपालिकाको धारापानी भन्ने ठाँउमा गएको पहिरोले मंगलबार बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण यात्रुहरू सडकमै अलपत्र परेका छन् । सडक हिलाम्मे भएकाले हिँडेर आउजाउ गर्न पनि कठिन भएको स्थानीय रमेशकुमार बस्नेतले बताए । सडक अवरुद्ध भएकै कारण आफन्तको हातबाट टीका लगाउन नपाएको उनको भनाइ छ ।सडक अवरुद्ध भएकै कारण गाडी चल्न नसक्दा पेट दुख्ने समस्याले थलिएकी एक महिलालाई उपचारका लागि बाहिर लैजान नसकेको र अस्पताल लैजान नसकेर मेडिकलमा प्राथमिक उपचार गराइरहेको बन्गाड कुपिण्डे नगरपालिका १० का नन्दे पुनले बताए ।

पहिरो हटाउन सल्लीबजारबाट अहिले प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!