नेपाली सेनाको सुलिगाडस्थित रामवाण गुल्मद्वारा खाद्यन्न र कम्बल सहयोग

विष्णुप्रसाद देवकोटा
डोल्पा / नेपाली सेनाको सुलिगाडस्थित रामवाण गुल्मले श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा खाद्यन्न र कम्बल सहयोग गरेको छ ।
विजया दशमी लगायतका चाडपर्व र अन्य समयमा मन्दिरमा दर्शन गर्न आउने दर्शालुभक्तजनहरु र मन्दिरका पुजारीहरुलाई ओड्नका लागि कम्बल र खानको लागि खाद्यन्न सहयोग गरेको हो ।शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको सुलिगाडस्थित सेनाको रामवाण गुल्मका सेनानी ईश्वर थापाले मन्दिरमै पुगेर सेनाको तर्फवाट २५ थान कम्बल र डेढ क्वाीन्टल खाद्यन्न मन्दिरका पुजारी लक्ष्मी प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका छन ।
टाढा टाढावाट मन्दिरमा आउने भक्तजनहरुका साथै पुजारीलाई समेत सहयोग पुगोस भनेर सानो सहयोगस्वारुप कम्बल र खाद्यन्न हस्तान्तरण गरिएको सेनानी (मेजर) ईश्वर थापाले बताए ।सधै लोक हितकारी कार्य गर्दै आइरहेको नेपाली सेनाले पटक पटक मन्दिरलाई सहयोग गर्दै आइरहेको पुजारी उपाध्यायले बताए ।
पछिल्लो समय मन्दिरमा दर्शन गर्न आउने र मन्दिरमा बास बसेर ब्रत बस्नेहरुको लागि खाने सुत्ने ब्यवस्था समेत मन्दिर ब्यवस्थापन समितिले गर्दै आएको छ ।विभिन्न समयमा विभिन्न सहयोगीमनहरुले उपलब्ध गराउदै आएको सहयोगले दर्शालुभक्जनहरुलाई सहयोग पुग्ने गरेको छ ।










