इतिहास बोकेको जाजरकोट दरबारको संरक्षण खै ?

हेमन्त केसी
जाजरकोट –  १८२५ मा निर्माण गरिएको जाजरकोट दरबार संरक्षणको अभावमा दैनिक जिर्ण बन्दै गएको छ । हाल जिल्ला प्रशासन रहेको उक्त दरबारमा भित्र पस्दा थर्किएर मुटु नै काप्ने गरेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले बताए ।

भेरी नगरपालिका अर्थात सदरमुकामको टाकुरामा रहेको यो दरबारलाइ पहिला जाजरकोट दरवार पनि भनिन्थ्यो । दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गरेका थिए ।


जाजरकोटको खलंगा दरबार क्षेत्रको उत्कृष्ट पर्यटकीय स्थल हो । दरबार निकै कलात्मक एवम् ऐतिहासिक महत्वको छ । कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्वपूर्ण मानिन्छ । जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा करीव २५० वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात् तरबार दसैंको फूलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरबारमा भित्र्याइन्छ ।

इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यका संस्थापक जगती सिंह र अन्तिम राजा स्वयंप्रकाश विक्रम शाह थिए । तत्कालीन राजा गजेन्द्रनारायणले ७ तले दरबारको निर्माण गरेका थिए । वि.सं. १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए भन्ने इतिहास पनि छ ।


हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाइ इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए । साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराई सकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन् ।

जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पका कारण दरबारको स्वरूप परिवर्तन भएको स्थानीयको भनाइ छ । दरबार कला, संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पुजा गर्न ९ रांगा ९ वोकाको वलि दिने चलन रहेको छ । विगतमा दरवारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मुर्तिहरु मध्ये एउटा हनुमानको मुर्ति द्धन्दकालमा हराएको थियो भने अन्य दुईवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाडाको गणेश मन्दिरमा सुरक्षित रहेको छ ।

जाजरकोट दरवार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृस्य मात्र होइन पुर्वतीर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको खलंगाको पिपल डाडाँस्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताले मनमोहक छ ।

केही समय अघि सरकारले सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको यस दरवारले पर्यटकीय सम्भावना बोकेको छ ।

राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन् । दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरु बताउँछन् । जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा हो ।

इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले र्पुयाएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाईभारदार र अन्यले बेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको छ । दरबारको सातौँ तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुई वटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!