यातायातको साधनमा तपाइको मास्क खै टाँस गदै प्रहरी

जाजरकोट ः कोभिडको जोखिम नहटेको भन्दै जिल्ला प्रहरी कार्यालयले “तपाइको मास्क खै” भन्ने अभियान सञ्चालन गरी जाजरकोट भएर चल्ने सवारीसाधनमा स्टीकर टाँस्न सुरु गरेको छ ।
मास्क नभएका र लापरबाही गर्नेलाइ सचेत समेत गराएको छ । त्यस्तै चाडपर्वको मुखमा आएर हुने सक्ने बदमासीलाइ नियन्त्रण गर्न र यात्रु सहायताका लागि बसपार्क लगाएका ठाउँमा सहायकता कक्ष समेत स्थापना गरिएको छ । समस्यामा परेका सर्बसाधारणले प्रहरीसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।










