बजार अनुगमनमा कडाई- अनुगमनको क्रममा १ लाख ५० बराबरको म्याद गुज्रेका सामग्री नष्ट

विष्णुप्रसाद देवकोटा
डोल्पा – बजारहरुमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन जिल्लाका त्रिपुराकोट र जुफाल बजारका पसलहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

ब्यापारीहरुले दैनिक उपभोग्यबस्तु चामल चिनी तेल र दाल लगायतका बस्तुहरु लुकाएर राखेपछि कृतिम अभाव सृजना भएको गुनासो आउन थालेपछि बजार अनुगमनलाई कर्डा गर्दै लान थालिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो ।

यत्तिखेर हिमाली जिल्ला डोल्पामा खाने तेलको हाहाकार भएको र बजारमा कतै पनि खाने तेल नपाएको गुनासो सर्वसाधारणले अनुगमन टोली समक्ष पोखेका छन ।ब्यापारीहरुले कृतिम अभाव सृजना गर्न नपाउन र सर्वसाधारणले खोजेको समयमा दैनिक उपभोग्यबस्तु सर्वसुलभ मुल्यमा किन्न पाउन भनेर बजारमा भएको दैनिक उपभोग्यबस्तुको मौज्दात भण्डारण लगायत सामानहरुको मुल्यसुचि समेतको बजार अनुगमन गरेर टोलीले जानकारी लिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीको नेतृत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका सह लेखापाल बृर्खबहादुर भण्डारी घरेलु तथा साना उद्योग विकास समितिकी कल्पना शाही त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख रमेशबहादुर राउत ठूलिभेरी नगरपालिकाका कार्यकारी प्रमुख दिलप्रसाद रोकाया नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा संचारकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरु सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोली जुफाल बजारमा पुग्दा कतिपय पसले साहुहरुले पसल बन्द गरेर लुकेको पाइएको प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।म्याद गुज्रेका खाद्यबस्तुहरु बेच्न नपाउन र कृत्रिम अभाव हुननदिन चाडपर्व लक्षित अनुगमनलाई कडाइका साथ लगिने पनि सहायक प्रजिअ नेपालीले बताए । अनुगमन टोलीले त्रिपुराकोटर जुफालमा रहेका रहेका झण्डै एक सय भन्दा बढी किराना तथा ठूला पसलहरु दैनिक उपभोग्यबस्तुको परिमाण हालको मुल्य सुचि र संचितीको अवस्था लगायत म्याद गुज्रेका बस्तुहरुको समेत अनुगमन गरेको थियो ।

अनुगमन टोलीले पसलका ब्यापारी साहुजीहरुलाई मानवीयताको असल ब्यावहार प्रदर्शन गर्न र अजायज मुल्य नबढाउन भइरहेको मौज्दात यथार्थमा राखेर विक्री गर्न आग्रह गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका बृर्खभण्डारीले बताए ।बजार अनुगमनलाई निरन्तरता दिन र बैधानिक रुपमा संचालन गरिएका पसल तथा होलसेलर बजारहरुलाई मर्का नपरोस भनेर सबै पसल संचालकहरुलाई करको दायरामा आउन पसल तथा ब्यवसाय दर्ता गर्न आग्रह गरिएको र यदि कसैले अटेर गरी अबैधानिक कर छल्ने नियतले संचालन गर्ने साहुजीहरुलाई कारवाही गरिने पनि प्रशासनले जनाएको छ ।

अनुगमनको क्रममा मूल्यसुचि कुनै पनि पसलहरुले नटाँसेको पसलको साइनबोड समेत नराखेको पाइएको अनुगमन टोलीले जनाएको छ अनुगमनको क्रममा म्याद गुज्रेका विशेष गरी अम्बा चाउचाउ,टेस्टी विस्कुट आरेन्ज ठूलो फेन्टा ,रियलफ्रुट्री बेसार कोक पाउडर खुर्सानी सोनापापड मिट मसला चिया लगायतका दैनिक उपभोग्यबस्तु कब्जामा लिएर जलाइएको थियो ।यसै गरी होटलहरुमा भान्साको अवस्था सरसफाई देखि लिएर पेयपदार्थको इजाजत पत्र समेतको अनुगमन गरेको थियो ।





error: Content is protected !!