कर्णाली प्रदेशसभामा गैरसरकारी ‘सिंजा सभ्यता तथा संरक्षण विधेयक’ दर्ता

सुर्खेत ः कर्णाली प्रदेशसभामा पहिलो गैरसरकारी विधेयक सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता भएको छ। कर्णाली प्रदेशसभामा जुम्ला जिल्लाबाट निर्वाचित नरेश भण्डारीले आइतबार प्रदेशसभामा उक्त विधेयक दर्ता गराएका हुन्।

यस विधेयकले विषेश रूपमा नेपाली खस भाषको उद्गम स्थल कर्णाली प्रदेशको जुम्ला जिल्ला भएको र खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको रूपमा आम नागरिकमा काम गर्ने सांसद भण्डारीले बताए।

विधेयकमा जुम्लाको सिंजा सभ्यता क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ–मन्दिर, थान, ताल, सरोवर, गुफा र अन्य तीर्थस्थलहरूको पहिचान, खोजी तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने उद्देश्य राखिएको जनाइएको छ। साथै‚ खसान साहित्य र मौलिकतालाई जीवित राखिराख्न विधेयकको मुख्य उद्देश्य रहेको भण्डारीले बताए।

भण्डारीका अनुसार सिंजा सभ्यतासँग सम्बन्धित ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, पुरातात्विक महत्वका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता विकासका लागि नेपालभित्र वा बाहिर कुनै क्षेत्रबाट नगदी, जिन्सी वा अन्य कुनै प्रकारको सहायता जुटाउने काम पनि यही कानूनमार्फत गराउन मिल्ने गरी विधेयक दर्ता गरिएको बताए।

‘सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक, तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयकको आवश्यकता महसुस भएको थियो उनले भने‚ ‘तर, त्यो काम राज्यले नगरेकका कारण मैले यो विधेयक दर्ता गर्न योजना बनाएर दर्ता गरेको छु।




सम्बन्धित समाचार


error: Content is protected !!