तम्घास खानीगाउँमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

टोपलाल अर्याल
गुल्मी – गुल्मी तम्घासमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो ।
पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया छोरी भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जनाकारी दिए । राति निकै ठुलो पानी परेको थियो ।
पहिरोले पुरेको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार शुरु गरेका थिए ।










