घाइतेको हेलिकोप्टरबाट उद्धार

जाजरकोट , सदरमुकामबाट कुशेको पाँचकाटियाँ जादै गर्दा भेरी नगरपालिका २ गारारांसीमा पहिरो आइ दुबै खुट्टा चाँपिएपछि घाइते भएका कुशे २ टालेगाउँका ३३ बर्षीय दिपेन्द्रविक्रका शाहीलाइ हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
हेलिकोप्टरबाट उद्धार गरिएका शाहीलाइ उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।
शाही कुशे गाउँपलिकामा सेप द चिल्डनको कार्यक्रममा काम गदै आएका थिए । पहिरोमा च्यापिएको खवर लगत्तै आज १२ बजे प्रहरी घटना स्थल पुगेको डिएसपी थापाले बताउनुभयो ।










