तस्करको निशानामा रेडपाण्डा, प्रहरी चौकीमै सुनिन्छ बन्दुक पड्काएको आवाज

हेमन्त केसी
जाजरकोट – रेडपाण्डा लगाएतका अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्धारा हप्तापिच्छे बरामत गरिने तथ्यांक उकालो लाग्दा यही कुराको पुष्ट्रि गरेको हो ।

विश्वमा लोपोन्मुख जनावरका रुपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट ,नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्कारहरुले रेडपाण्डा लगाएत अन्य जनावारहरु चोरी निकासी गर्ने क्रम बढेको हो । खुल्याम रेडपाण्डा लगाएका अन्य जनावरको सिकार गरी अंगहरु ल्याउन व्यापारीहरु गाउँ ,गाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका –५ का प्रेम सिंहले जानकारी दिनुभयो ।

सामुदायिक तथा राष्ट्रिय वनमा वन्य जन्तुको संरक्षण भन्दा पनि चोरी गर्नेको संख्याको बढी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,“ हप्ता पिच्छे बारेकोटको जंगलमा वन्जजन्तुको सिकार हुने गरेको छ , सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन्् । बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाइ के मतलव ? वनका कर्मचारीहरु सदरमुकाम मात्र बस्छन् ।”

बिभिन्न संघ संस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम ,छलफल गदै आएपनि उनै छलफलमा सहभागी भएका व्यक्तिहरु तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्धत भएको बारेकोट गाउँपालिका –४ मैनाका रामबहादुर बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो ,“ चोरी निकासी रोक्नु पर्छ , भन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेत विरुद्ध तस्कार समुहको मिलेमत्तोमा असहयोग गर्ने काम भयो । प्रहरीले वन समुहलाइ समेत सहयोग गरेन ,उल्टै राजनीतिक पावरमा तस्कारहरु जोगाउने काम भयो , यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ? ”

पाँच वर्ष भित्रको तथ्यांक हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रंगेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ । माँसिदो जंगल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठुलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ ।

स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारहरुलाइ थप सजिलो भएको छ । बारेकोट वन्यजन्तुको लागि उर्वर ठाउँ हो । विश्वमा लोपोउन्मुख वन्यजन्तुको संख्या बारेकोटमा भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियान्ता गोविन्द सिंहका अनुसार तस्कारको योजना ठुलो मात्रामा रहेको छ ।

स्थानीयवासी नै सचेत नहुने हो भने यो तस्कारको जालोले सबै कुरा सिध्याउने बताउँनुहुन्छ । डिभिजन वन कार्यालय र यसका माताहातका कार्यालयहरुको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ ।

डिभिजन कार्यालयमा खटिएको भनि गलत जानकारी दिइ सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्बसाधारणहरु बताउँछन् । सामुदायिक वन समुहका पदाधिकारीहरु तस्कारसँग खुल्याम मिल्दा अर्को समस्या सिर्जना भएको छ । समुहका पदाधिकारीहरुलाइ वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएको एवं छोरा हुनेको धन र भैंसी हुनेको वन भन्ने सोच अझै कायम हुँदा चोरी निकासीलाइ बल पुगेको स्वंयम डिभिजन वन कार्यालय स्वीकार गर्दछ ।

समुहबाट भएको आम्दानी समेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाइ नै थाहा नहुने गरेको छ । वर्षेनी सामुदायिक वनमा राम्रो घास उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तीलाइ समेत कारवाही नहुनुले वन्यजन्तुको वास स्थानमा नै खतरा पैदा हुँदै आएको छ । रेडपाण्डाको बासस्थान रुपमा रहेको निगालोको बाक्लो जंगल , रुखका मुडाहरु वर्षेनी फडानी , आगलागीका कारण सखाप हुँदै आएको छ ।

यसले गर्दा वन्यजन्तु मासिने क्रम बढीरहेको छ । यसैबीच नलगाड नगरपालिका –८,९ र १० का माथेल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैद्य रुपमा राखिएका बन्दुकहरु प्रहरीले बरामत गरी नियन्त्रणमा लिएको छ । एक महिनाको अवधिमा ४ भन्दा बढी बुन्दुक नियन्त्रणमा लिएको डिएस्पी मधु थापाले बताउनुभयो ।

नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखी भारी मात्रामा तस्कार ,लागू औषध कारोबारी तथा सवारी चालक अनुमती पत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ । जतीबेला समस्या र अपठ्यारो परिस्थती आउछ , त्यतिबेला तस्कारहरु गाउँ ,गाउँ पुग्ने गरेको पाइएको छ ।

डोल्पा , रुकुम पश्चिम र जुम्ला लगाएका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्कारहरुको संख्या समेत ठुलो रहेको छ ।





error: Content is protected !!