किन हुन्छ बारम्बार गर्भपात ? बारम्बार ‘गर्भपात’ हुने महिलामा फेरि गर्भ रहने सम्भावना हुँदैन ?

मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन, बारम्बार अर्थात् धेरै पटक हुने समस्याबाट ग्रसित छन् । समयमै समस्याको जड पत्ता लगाउने हो भने यसको समाधान हुने चिकित्सकहरुको भनाइ छ । कतिपय दम्पतीले यस्तो समस्या लुकाउने, उपचार तथा चिकित्सकको परामर्शमा नजाने गर्दा पनि बारम्बार समस्या दोहोरिरहेको पाइन्छ ।

हामीले वास्तवमै गर्भपात किन हुन्छ रु गर्भपात हुन लाग्यो भनेर कसरी थाहा पाउने रु र यसको निराकरण गरी सुरक्षित गर्भाधानका उपायबारे  वात्सल्य इनफर्टिलिटी तथा आईभीएफ सेन्टरकी स्त्री रोग विशेषज्ञ डा निजा राजभण्डारी  अंश–

गर्भ (बच्चा) बसेको २४ हप्तासम्ममा यदि बच्चा खेर जान्छ भने त्यसलाई ‘मिसक्यारेज’ भनेर किटान गरिन्छ । सामान्यतया गर्भको ९ महिनालाई तीन वटा अवस्थामा विभाजन गरिएको हुन्छ– पहिलो तीन महिना, दोस्रो तीन महिना र तेस्रो तीन महिना ।

पहिलो तीन महिनाको अवस्था अर्थात् १२ हप्ता र दोस्रोलाई २८ हप्तासम्मको समय तय गरिएको छ ।

पहिलो अवस्थामा गर्भपात हुने सम्भावना बढी हुन्छ । यो समयमा भ्रूणमा समस्या हुने, भ्रूणमा क्रोमोजोम सम्बन्धी समस्या हुने, बच्चाको धड्कन नै नआउने, गर्भ विकास नै नहुने विभिन्न समस्याले गर्भपातको सम्भावना ज्यादा हुन्छ । सामान्यतया गर्भ जाँचमा बच्चाको धड्कन आएपछि भने बच्चा स्वस्थ छ भनेर तय गर्न सकिन्छ ।

दोस्रो अवस्थामा सामान्यतया २४ हप्तासम्मको समयमा पनि बच्चा खेर गयो भने त्यसलाई पनि गर्भपात नै भनिन्छ । विकसित मुलुकमा २० हप्ता मै यदि बच्चा जन्मियो भने पनि बच्चा बचाउन सक्ने प्रविधिको विकास भइसकेको छ तर, दक्षिण एशियाली मुलुकमा यस्तो प्रविधि आइनसकेकोले २४ हप्तासम्मको बच्चा बचाउन सक्ने सम्भावना न्यून हुन्छ ।

गर्भपात हुनुको कारण

पहिलो अवस्थामा भ्रूणमा समस्या हुँदा गर्भपात हुने सम्भावना बढी भए पनि दोस्रो अवस्थामा भने पाठेघरमा हुने समस्याले गर्भपातको सम्भावना बढी हुन्छ । जस्तोः पाठेघरको आकारमा फरक पर्न जाँदा, पाठेघर सानो छ भने बच्चालाई विकास हुने ठाउँ नपाउँदा बाहिर निस्किने प्रक्रिया सुरु हुन्छ । अर्को, पाठेघरको भित्री भागमा झिल्लीको विकास भएको खण्डमा पनि गर्भपातको सम्भावना हुन्छ । त्यसैगरी, पाठेघरको मुख समयभन्दा पहिले नै खुल्यो भने पनि गर्भपात हुन सक्ने सम्भावना हुन्छ ।

कतिपयमा क्रोमोजोम सम्बन्धी गडबडी हुन सक्छ, जुन जेनेटिक रुपमै आएको हुन्छ । कतिपय महिलाको गर्भाशयको बनोट असामान्य हुँदा पनि गर्भ सफल नहुन सक्छ । कति महिलामा फाइब्रोइड, पोलिप्स जस्ता समस्या देखिएको छ भने कतिमा गर्भ टासिने ठाउँमा घाउ वा फोका भएमा पनि गर्भ नरहने र रहेमा पनि खेर जान सक्ने सम्भावना बढी देखिएको छ । यस्ता समस्याको समाधान गर्भधारण पूर्व नै गर्नुपर्ने हुन्छ ।

कतिपय महिलामा हर्मोनको समस्याले पनि गर्भपात भइरहेको पाइन्छ । कतिमा इन्डोक्राइन सम्बन्धी समस्या, पोलिसिस्टिक ओभरी सिन्ड्रोम ९पीसीओएस०को समस्याले पनि गर्भपात गराएको हुनसक्छ । यस्तो अवस्थामा उपचार गरी हर्मोनको मात्रा सन्तुलनमा ल्याएर पुनः गर्भधारण गर्न सकिन्छ ।

यसैगरी, महिलाको बढ्दो उमेरसँगै डिम्बको संख्या र गुणस्तर कम हुँदै जान्छ । राम्रो भ्रूण बन्न नसक्दा महिलाको शरीरले नै त्यसलाई तुहाउने सम्भावना बढी हुनसक्छ । ४० वर्ष पश्चात पुरुषको वीर्यको गुणस्तर पनि कम हुने भएकोले चुनौती थपिंँदै जान्छ ।

अहिले कोरोनाभाइरसको महामारीपछि गर्भपातको समस्या बढी देखिएको छ । कतिपय महिलामा गर्भावस्थामा कोभिड–१९ भएको छ भने पनि गर्भपातको सम्भावना उच्च देखिएको छ । गर्भपात भएका महिलामा कोभिड–१९ को संक्रमण भएको र कतिको शुरुवाती चरणमै, त कतिको ढिलो गरी पनि गर्भपात भएको पाइएको छ । गर्भपातमा कोभिड–१९ को असरबारे अनुसन्धान भइरहेकाले यही नै भन्न नसके पनि प्राय गर्भपात भएका महिलामा गर्भावस्थामा संक्रमण भएको पाइएको छ ।

गर्भपातको संकेत

सामान्यतया गर्भावस्थाको पहिलो अवस्था ९पहिलो १२ हप्ता०को समयमा पेट दुख्ने, यौनाङ्गबाट तरल पदार्थ बग्नेजस्ता लक्षण देखिन्छन् । कतिमा सुरुकै अवस्थामा अर्थात् १२ हप्तासम्मको अवधिमा कहिलेकाहीँ इनप्लान्टेसन ब्लिडिङ ९हल्का रगत देखिने० पनि हुनसक्छ तर त्यो सामान्य हो र एक दुई दिनमा सामान्य हुन्छ । तर, धेरै पेट दुख्ने, चोक्टा चोक्टा भएर रगत जानेजस्ता लक्षण देखियो भने त्यो मिसक्यारेजको लक्षण भनेर बुझ्नु पर्छ र डाक्टरको परामर्शमा जानुपर्छ ।

कहिलेकाहीँ सुरुवाती समयमा कालो धमिलो खालको रगत भयो भने त्यसलाई भने सामान्य रुपमा लिइन्छ । पाठेघरमा जमेका पुराना रगतहरू निस्किँदा यस्तो देखिने भएकाले यसमा भने आत्तिनु पर्दैन, यो गर्भपातको लक्षण होइन । तर रातो सफा रगत गयो भने, पानी बग्यो भने, महिनावारीको जस्तै पेट दुखाइ छ भनेचाहिँ बच्चा खेर जान लागेको संकेत हो भनेर बुझ्नु पर्छ ।

बारम्बार मिसक्यारेज हुने महिलामा फेरि गर्भ रहने सम्भावना कति हुन्छ रु

एकपटक गर्भ खेर गइसकेको छ भने दोस्रो पटक पनि खेर जान सक्ने सम्भावना २० प्रतिशत हुन्छ । दुई पटक खेर गएको छ र फेरि गर्भ रहेमा त्यो खेर जानसक्ने सम्भावना ३० प्रतिशत हुन्छ । र, तेस्रो पटक पनि गर्भ खेर गयो र फेरि गर्भ रहेको छ भने त्यसमा पनि ४० देखि ५० प्रतिशत गर्भ खेर जान सक्ने सम्भावना हुन्छ । तर यो भन्दैमा गर्भ सफल हुँदैन भन्ने होइन ।

सामान्य अर्थमा हामीले हरेक गर्भ एकल अवस्था हो भनी बुझ्न जरुरी छ । जसमा हरेक पटक गर्भ रहँदा आफ्नो छुट्टै अण्डा छुट्टै शुक्रकिटसँग मेल भएको हुन्छ । ताकि त्यो उही पुरानो होइन । जति पटक गर्भ रहन्छ, त्यो पूरै नयाँ हुन्छ । त्यसैले चारपाँच पटक नै गर्भ खेर गयो भन्दैमा फेरि गर्भ रहँदैन भन्ने हुँदैन । धेरैपटक गर्भ खेर गएको छ भने पनि स्वस्थ बच्चा जन्मने सम्भावना उत्तिकै हुन्छ । समयमै चिकित्सकको परामर्श र उपचार गरियो भने पुनः बच्चा जन्माउन सकिन्छ ।​

सावधानी

यदि तपाईको गर्भ बारम्बार खेर गइरहेको छ भने फेरि गर्भाधान गर्नुपूर्व चिकित्सकको परामर्श लिनु अत्यन्त आवश्यक छ । आमाबाबुमा केही समस्या छ या छैन भनेर चेकजाँच गराएर गर्भाधान गर्दा गर्भ खेर जाने सम्भावना न्यून हुुनुका साथै आमा र बच्चा दुवैको स्वास्थ्य पनि राम्रो हुन्छ ।

गर्भपातबाट बच्न जीवनशैली र खानपानमा ध्यान दिने, धुम्रपान र मध्यपानबाट टाढा बस्ने, स्वस्थ खानेकुरा खाने, धेरै तनाव नलिने । गर्भ बसेपछि पनि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा समस्या आएमा समयमै उपचार हुन्छ । गर्भाधान पहिले र पछि पनि उपचारमार्फत् स्वस्थ गर्भलाई निरन्तरता दिन सकिन्छ ।

यदि क्रोमोजोम सम्बन्धी समस्याका कारण गर्भ खेर गइरहेको छ भने आईभीएफको सहयोग लिन सकिन्छ । बारम्बार गर्भ खेर जाने समस्यामा अहिले आईभीएफको प्रयोग निकै उपयोगी देखिन्छ ।

एउटा वा दुईवटा गर्भ खेर गयो भनेर निरास हुने वा उपचारका लागि पहल नगर्दा पनि समस्या दोहोरिएको पाइन्छ । यहाँ १० पटकसम्म खेर जानेहरुको पनि स्वस्थ बच्चा जन्मिएका उदाहरण छन् । त्यसैले समयमै उपचार गराउन जरुरी छ ।

कतिपयमा महिला पुरुष दुवैको शरीरमा हुने कुनै न कुनै समस्याको कारण पनि गर्भपात हुनसक्छ, त्यस्ता समस्याको बेलैमा पहिचान गरी उपचार गराउनुपर्छ । अहिले नेपालमा पनि विभिन्न प्रविधि भित्रिइसकेका छन् । त्यसैले, डराउने, तनाव लिनेभन्दा पनि उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ ।





error: Content is protected !!