रेडपाण्डाका छाला सहित परियार पक्राउ

जाजरकोट , प्रतिबन्धित हाब्रे(रेडपाण्डा)को छाला सहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
रेडपाण्डाहरुको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका -५ कालीमाटी स्थित होटलमा ल्याई आएको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएसपी मधुकुमार थापाले बताउनुभयो ।


परियारले रेडपाण्डाको ४२ ईन्च लम्वाई भएको ठुलो छाला थान १ र टाउको नभएको २२ ईन्च लम्वाई भएको सानो छाला थान १ फेला परेको डिएसपी थापाले बताउनुभयो । पक्राउ परेका परियारलाइ थप अनुसन्धान जारी रहेको बताएको छ ।





error: Content is protected !!