जनशक्ति भरपुर ः शश्या थप तर विश्वास गुमाउदै स्वास्थ्य सेवा कार्यालय !

हेमन्त केसी
जाजरकोट –  नामको हिसावले जाजरकोटको जिल्ला अस्पताल ५० शश्या हो । छिमेकी जिल्लामा १५ शश्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शश्यको अस्पताल हुनु गर्वकै कुरा हो ।

अन्य जिल्ला भन्दा चिकित्सक संख्या झण्डै दोब्बर भन्दा बढी छ । अहिले अस्पतालमा एमडी सहित १० जना चिकित्सकहरु कार्यरत रहदै आएका छन् । १० जना चिकित्सकको पालो हप्तामा १ पटक आउने गर्दछ । पटक , पटकका बिभिन्न रोगबाट ग्रसित जाजरकोटमा सो समस्या हल गर्न जाजरकोटमा ५० शश्याको अस्पताल बनाउनुका साथै सबैको आशा र भरोसाको केन्द्र विन्दुको रुपमा लिन खोजेपनि दैनिक भरोसा गुम्दै गएको छ ।

भरोसा गुम्दै जाँदा अस्पतालको साख कसरी उठाउने र सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने भन्नेमा ध्यान जानुका साटो राजनीति गर्ने थलो बन्दा समस्या आएको चिकित्सक भुपेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो ,“ आएको बजेटबाट समयमा काम हुँदैन , अधिकांश बजेट फ्रिज भएर जान्छ ? सबैले आफ्ना मान्छे भत्ती गर्न खोज्छन् , सुधार गर्न खोज्दा झनै समस्या पार्छन ” विशेषज्ञ चिकित्सक सहित जिल्लामा सबै खालका उपचार सेवा पाउने मापदण्ड ५० शश्याको अस्पतालको नम्स हो ।
नम्स मात्र भएर के गर्नु , दैनिक विरामी भएर उपचारका लागि जाने सर्बसाधारणहरु पीडा मात्र पोख्छन् अर्का भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर टकेन्द्र रोकायले भन्नुभयो , “ व्यवस्थापन गतिलो नहुँदा उपचार भन्दा सास्ती धेरै भएको छ , छिमेकी जिल्लाको निजी स्तरको चौरजहारी अस्पतालमा गएर उपचार गर्नुपर्छ ।”

स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एकै व्यवस्थापनले काम गर्दा एकले अर्कोलाइ नपत्याउदा टक्राब बढेकोले उपचार देखि अन्य काममा समेत बाधा पुग्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मलिा बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो ,“ मैले सुधार गर्नका लागि धेरै काम गरे तर कर्मचारीले नै बढी राजनीति गर्न खोज्दा सधै बाधा उत्पन्न भइरह्यो , चिकित्सकले स्वास्थ्य सेवा कार्यालयलाइ नटेर्ने , स्वास्थ्य सेवा कार्यालयले अस्पताललाइ हातमा लिएर काम गर्न नसक्ने भएकाले समस्या हुँदै गएको छ ।”

कुनै काम गरेकी पैसा कहाँबाट आउछ भन्ने चेतनाबाट अगाडी बढ्दा स्वास्थ्य सेवा कार्यालयको प्रगती हुन नसकेको अर्को कारण रहेको उहाँले बताउनुभयो । “ विकृती र विसंगतीको कुरा उठाएर सुधार गर्न खौज्दा फरक आस्था भएकै कारण असहयोग गरे भन्दै कर्मचारी नै उफ्रिन्छन् यहाँ काम गर्न सजिलो छैन ।” अहिले ५० शश्याको नयाँ भवन निर्माण कार्य जारी रहेको छ । ३२ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि भवनको काम जारी रहेको छ । ब्लड बैंकको लागि आएको सामग्री प्रयोगमा नआउदा बन्द कोठा भित्र थक्याइएको छ ।

एचडी सेवा सञ्चालनका लागि ल्याइएका अधिकांश सामग्रीहरु बन्द कोठामा राखिएका छन् । विरामी भर्ना गर्ने तर उपचारका लागि बाहिर जिल्लामा सिफारिस मात्र गर्ने थलो भएको स्वास्थ्य सेवा कार्यालयलाइ आरोप लाग्दै आएको छ । हप्ता दिन अघि मात्र ३० लाख आइरन चक्की कानुनी प्रक्रिया पुरा नै नगरी स्वास्थ्य सेवा कार्यालयले रातारात जलाएको थियो । अघिल्लो दुइ महिना अघि सो आइरन चक्की पालिकाले माग गर्दा उपलब्ध नगराएको स्वास्थ्य सेवा कार्यालयले हप्ता दिन अघि रातारात ३० लाख आइरन चक्की म्याद गुजारेर जलाउदा स्थानीय तहका स्वास्थ्य शाखाहरु आक्रोषित भएका छन् । त्यस्तै प्रसती गृहका लागि गत चैतमा आएको सामग्री अहिले सम्मा स्थानीय तहमा नपुर्याउदा काम गर्न गाह्रो भएको भन्दै स्वास्थ्य सेवा कार्यालयको काम गर्ने कार्यशैली प्रति तिव्र विरोध हुँदै आएको छ ।

भेरी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक ओलीले भन्नुभयो ,“ बर्थिङ सेन्टरमा चाहिने सामग्री उपलब्ध गराउन धेरै पटक माग गरेपनि बन्द कोठामा चैत देखि स्टोरी गरी राखिएको छ , हामीलाइ दिइदैन । ” स्वास्थ्य सेवा कार्यालय भित्र बिबाद भएमा पनि त्यो चेपुवामा हामीलाइ पर्न नहुने हो उहाँले भन्नुभयो । सधै गुनासा मात्र आउछन् , खासका के भएको हो यस्तो अचम्म पो छ ओलीले पीडा सुनाउनुभयो ।

उत्ता स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख टिकाराम जैसी आफूलाइ काम गर्न असहयोग भएको बताउनुभयो । काम गर्ने वातावरण नै छैन , कसको चित बुझाइ सक्ने म त हैरान भए , उहाँले भन्नुभयो । उत्ता चिकित्सकहरु नाँच्न नजान्नेको आंगन टेडो भएको प्रतिक्रिया दिदै आएका छन् ।

नाम नबताउने एक चिकित्सले भन्नुभयो ,“ हामीले कामको सहजताको लागि जती पटक आग्रह गरेपनि हाकिम साब तयार हुनुभएन , कोभिडको भत्ता हामीलाइ भन्दा पनि निजामती तर्फका कर्मचारीलाइ विवतरण गरिएको छ । फिल्डमा ज्यान फालेर हामी उपचारमा खटिने तर भत्र्ता चाँही निजामतीलाइ दिने यो कस्तो तरिका हो ? उहाँले भन्नुभयो ।





error: Content is protected !!