डोल्पामा पहिलो पटक एकीकृत सार्वजनिक सुनुवाई -विकासे कार्यालयबाट प्रदान गरिने सेवा सन्तोषजनक नरहेको सर्वसाधारणको गुनासो

विष्णुप्रसाद देवकोटा
डोल्पा,  जिल्लास्थित विकासे कार्यालयहरुवाट प्रदान गरिने सेवा सन्तोषजनक नरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।गुणस्तरी एवं प्रभावकारी सार्वजनिक सेवाप्रवाहका लागि आमनागरिकको सहभागितामा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा पत्रकारमहासंघको सहजीकरणमा गरिएको जिल्लास्तरीय सार्वजनिक कार्यक्रमका सहभागि सेवाग्राहीले विकासे कार्यालयले प्रदान गदै आएको सेवा सन्तोषजनक नरहेको बताएका हुन ।जिल्ला समन्वय समितिको प्राङ्गणमा गरिएको सार्वजनिक कार्यक्रममा जिल्लास्थित ३३ ओटा प्रादेशिक तथा संघीय कार्यालयहरुका कार्यालय प्रमुखहरु सहभागि रहेका थिए ।

सहभागी सेवाग्राीहरुको कार्यालय प्रतिको गुनासो र कार्यालयले गरेका र गर्दै आएका राम्रा कार्यहरुको समेत जानकारी लिई जनतामा असल र कुसल सुशासनको प्रत्याभूति दिलाउन डोल्पामा पहिलो पटक प्रशासनले कार्यत्रम गरेको हो । जिल्लास्थित डिभिजन वन कार्यालय,जिल्ला कृषि विकास कार्यालय,पशु अस्पताल तथा पशु सेवा कार्यालय जिल्ला खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय र भौतिक पुर्वाधार विकास कार्यालय मार्फत जिल्लामा संचालित कार्यक्रम पार्दर्शि नभएको सत्ता सक्ति र पहुँचको आधारमा कार्यक्रम वितरण गरिने गरिएको लक्षित वर्गले कार्यक्रम नपाएको सहभागि सेवाग्राीले सम्बन्धित कार्यालय प्रमुख प्रति गुनासा पोखेका थिए ।

जिल्लामा सबैभन्दा बढी डिभिजन वन कार्यालयमा योजनाको नाममा बेथिती बढेको सर्वसाधारणले सुचना माग्दा समेत सुचना नपाएको आर्थिक मापदण्ड भन्दा वाहिर गएर कामै नभएको योजनामा विल भुक्तानी गर्ने गरेको प्रदेश र संघबाट आएका योजनामा प्राविधिकको मिलोमतोमा कमिशन खाएर योजनासम्झौता र भुक्तानी गर्ने गरिएको आरोप समेत सहभागी सर्वसाधारणले लगाएका छन ।सर्वसाधारणले उठाएका सवालका सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरुले जवाफ दिएका थिए ।जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जिल्ला प्रशासनले पहिलो पटक रचनात्मक कार्य गरेको बताउदै जिल्लामा सर्वसाधारणमा सुशासनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी हुने भएकाले यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सरकारी कार्यालयको सेवाप्रवाह सम्बन्धमा उठेका सवालहरुको जवाफ दिदै जवाफदेहिता उत्तरदायिता र पारदर्शिता सहित थप जिम्मेवार सेवाप्रदायकको रुपमा कार्यालय प्रमुख बनाउन जनताका गुनासा नआउने गरी पादर्शिरुपमा काम गर्न गराउने बातावरण सृजना गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।आफु जिल्लामा आएदेखि नागरिकबाट टाढानभई नजिक रहने प्रायस गरिरहेको बताउदै सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु चुस्त दरुस्त र पारदर्शि एवं प्रभावकारी हुन नसकेको गुनासो उठिरहँदा दुखित भएको उल्लेख गर्दै नागरिकमैत्री भएर काम गर्न सार्वजनिक सुनुवाईले उर्जा दिने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई थियो ।पत्रकार महासंघको सहजीकरणमा भएको कार्यक्रममा जिल्लास्थि सरकारी कार्यालयका प्रमुख विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज सर्वसाधारण र सहभागिता रहेको थियो ।

फोटो क्याप्सन जिल्ला सदरमुकाम दुनैस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा पहिलो पटक गरिएको एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरु ।





error: Content is protected !!