स्वास्थ्य सेवा कार्यालयको अर्को कथा -गाउँमा आइरन चक्की छैन , म्याद गुजारेर आइरन जलाउछ स्वास्थ्य ?

हेमन्त केसी
जाजरकोट – साउन देखि जिल्लाका सबै स्वास्थ्य संस्थामा आइरन चक्की अभाव भएपनि स्वास्थ्य सेवा कार्यालयले भने ३० लाख आइरन चक्की जलाएको छ ।
सरकारले सबै पालिकामा रहेका स्वास्थ्य संस्थालाइ उपलव्ध गराउनका लागि स्वास्थ्य सेवा कार्यालयलाइ उपलब्ध गराएको आइरन चक्की स्वास्थ्य सेवा कार्यालयले स्टोरमा थन्क्याएर म्याद गुर्जेपछि मापदण्ड विपरित जलाएको छ । कुपोशन , रक्तअलपत्ता लगाएतका समस्या भएका गर्भवती र किसोरीलाइ उक्त आइरन चक्की निशुल्क विवतरण हुने गर्दछ । औषधि नष्ट गर्दा जिल्ला प्रशासन कार्यालय , नागरिक समाज , पत्रकार लगायत सरोकारबाला निकायको रोहोबरमा मुचुल्का उठाएर जलाउनु पर्ने भएपनि यहाँ आइरन चक्की जलाउदा कसैलाइ पनि खवर नगरी जलाएको पाइएको छ ।

म्याद हुन्जेल सम्मा पालिकामा रहेका स्वास्थ्य संस्थालाइ आइरन चक्की नदिने तर म्याद गएपछि नष्ट गर्नेे चलनले समस्या हुँदै आएको स्वास्थ्यकर्मीहरु बताउछन् । साउन महिना भर भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलव्ध नगराएको नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बताउनुभयो । भेरी नगरपालिकाले स्वास्थ्य शाखाले क्षेत्रिय स्टोरबाट आफै माग गरेर एक महिनालाइ पुग्ने आइरन चक्की ल्याएको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालयले पालिकाबाट आइरन चक्की उपलव्ध गराउन पटक , पटक माग गरेपनि कार्यालयले नदिएर , म्याद गुर्जेपछि भारी मात्रामा रातारात औषधि नष्ट गर्दा आफूहरु पीडित भएको भेरी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । साउन महिनामा भेरी नगरपालिका लगाएत सबै पालिकामा आइरन चक्की अभाव भएको थियो ।
त्यस्तै छेडागाड नगरपालिका स्थित दशेरा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी राम थापाका अनुसार साउन महिना साउन महिनामा स्वास्थ्य सेवा कार्यालयसँग आइरन माग गरिएको तर नदिएपछि पालिकाले चर्को मुल्यामा आइरन चक्कीको ठाउँमा क्याप्सुल किनेर काम चलाएको बताउनुभयो ।
सुत्केरी अबस्थामा रक्तअल्पता हुने र मुत्युबाट जोगाउनका लागि आइरन चक्की प्रयोग गरिन्छ । यत्ता यो विषयमा बुझन कार्यालय प्रमुख टिकाराम जैसीलाइ सम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन । स्रोतका अनुसार दुइ दिन अघि मात्र ३० लाख ट्याबलेट नष्ट गरिएको छ ।
प्रदेशबाट आएको टोलीले समेत यसरी आइरन नजलाउनु पर्ने थियो भन्दै गुनासो गरेको स्रोतले बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाइ जानकारी नभएको बताउनुभयो । स्वास्थ्यमा केही भए जानकारी आइहाल्थ्यो तर जानकारी नै नदिएको विषयमा कसरी थाहा पाउनु उहाँले भन्नुभयो ।











