बारेकोटमा चट्याङले लियो ज्यान

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका –१ रामीडाँडाकी १६ बर्षीया सम्झना गिरीले ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार वेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको वेला रामीडाँडा चौरमा चट्याङ लागेर मृत्यु भएको थियो ।










