चरेश र छाला सहित दुइ पक्राउ

जाजरकोट , लुकीछिपी चरेश र ओंतको छाला लिएर भेरी नगरपालिका– १२ को बारेला स्थित मुम्बई रिटन चाईनिज कर्नरमा बसीरहेका दुइ जना व्यापारीलाइ प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारेकोट गाउँपालिका –मैना का ४३ बर्षीय गणेश बहादुर बस्नेत र २० वर्षीय हस्तबहाददुर बस्नेत रहेका छन् । गणेसको साथबाट ५ वटा पोका भित्र लागु औषध चरेश फेला परेको छ । त्यस्तै हस्तबाट १३४ ग्राम पुच्छर देखी टाउको सम्म २ फिट १० ईन्च लम्बाई भएको ओंत जस्तो देखिने जनावरको चारैवटा खट्टा सहितको पुरै छाला थान १ बरामत गरिएको प्रहरीले जनाएको छ ।










