जाजरकोटमा १० जनप्रतिनिधिले रोजे नेकपा (एस)

सञ्जय केसी
जाजरकोट , २२ भदौ ः जाजरकोटमा दुइ जनावडाध्यक्ष सहित १० जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले नेकपा (एस) रोजेका हुन् ।

जाजरकोटका ७ वटा स्थानीय तहमध्ये तीन स्थानमा एमालेले प्रमुख पद जितेको थियो । एमालेबाट निर्वाचितमध्ये नेकपा(एकीकृत समाजबादी)मा दल सनाखत गर्ने प्रतिनिधिहरुमा छेडागाड नगरपालिका–१ का अध्यक्ष गणेश प्रसाद जैसी ,२ नम्वर अध्यक्ष बालकृष्ण बुढा रहेका छन् ।

त्यस्तै छेडागाड १ कै कार्यपालिका सदस्य गोरी कामी , सदस्य बीरबहादुर बुढा रहेका छन् । वडा नं २ वडा सदस्य कौशिला सुनार ,साउनी बुढा पनि रहेका छन् । छेडागाड नगरपालिका–५ का वडा सदस्य रामप्रसाद जैसी , छेडागाड नगरपालिका ६ बाट कार्यपालिका सदस्या चन्द्री रावत , वडा नं ९ बाट कार्यपालिका सदस्य गंगा नेपाली र कुशे गाउँपालिका–५ बाट वडा सदस्य शुसीला कामी रहेकी छिन् ।

सनाखतपछि गरिएको पत्रकार सम्मेलनमा नेता कृष्ण विसीले रहर नभइ बा प्रावितिमा विचार सहितको विद्रोह भएको बताए । दल विचार सहितको हुन्छ तर बा विचार दलमा लागु हुन नसक्ने बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!