पहिरोबाट आएको ढुङ्गा घरमा लागेर आमाबाबा घाइते , छोराको मृत्यु

सञ्जय केसी
जाजरकोट -गएराती देखि आएको अबिरल वर्षाका कारण नलगाड नगरपालिका – ५ मा ढारसिर्केमा पहिरोबाट एकै घरका दुइ घाइते भएका छन् छन् भने बालकको मृत्यु भएको छ ।
विहान ३ बजे तीर पहिरो सहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का ,उहाँको ३५ बर्षीया श्रीमती शिला खड्का घाइते हुनुभएको छ । त्यस्तै उहाँका १० बर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्ली स्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।










