शक्तिको बोली ः अक्सिजन पलान्ट खरिद प्रक्रिया सुरु

जाजरकोट , अघिल्लो वर्ष अक्सिजन पलान्ट खरिद प्रक्रियामा सफल नभएपछि स्वास्थ्य सेवा कार्यालय जाजरकोटले फेरी प्रक्रिया थालेको छ ।
अघिल्लो वर्ष तीन पटक सम्मा म्याद थप्दा पनि खरिद हुन नसकेको अक्सिजन पलान्ट यो आर्थिक वर्षको सुरुमै बोलपत्र पत्र आवह्वान गरेर कामको थालनी भएको छ । ५० शाश्यको स्वास्थ्य सेवा कार्यालयमा विरामीको चाप बढेपनि आवश्यक उपकरण नहुँदा उपचारमा समस्या हुँदै आएको थियो ।
रु ७५ लाखमा पलान्ट खरिदका लागि प्रक्रिया अघि बढेको छ । पाँच दिन भित्र इच्छुक कम्पनीले पलान्ट खरिदका लागि प्रस्ताव हाल्ने समय दिइएको छ । जाजरकोटमै अक्सिजन नहुँदा नेपालगन्ज गएर अक्सिजन सिलिण्डर भरेर जिल्लामा ल्याइ बिरामीको उपचार भइरहेको थियो । कर्णाली प्रदेशको पहाडी जिल्लामा ५० शश्याको अस्पताल जाजरकोटमा मात्र रहेको छ । हप्ता दिन भित्र जाजरकोटमा अक्सिजन पलान्ट खरिद प्रक्रिया सुरु हुने बताएका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत काठमाडौँ भएको सोही समय नबित्दै खरिद प्रक्रिया सुरु भएको छ । अघिल्लो वर्ष रद भएको अन्य जिल्लामा पलान्ट खरिद प्रक्रियाको बारेमा कुनै जानकारी छैन ।
नयाँ बन्दै गरेको भवनमा समेत पलान्ट जडान हुने स्टामेटमा रहेको छ । यो सँगै जाजरकोटमा अब दुइवटा पलान्ट हुने बस्नेतले बताउनुभयो ।










