उर्जामन्त्रीसँग प्रदेशसभा सदस्य सिंहको छलफल

जाजरकोट – नलगाड जलविद्युत आयोजनाको डिपिआर तोकिएको समय भन्दा भारी समय सम्मा निर्माण हुन नसकेपछि निकै चर्चा र चाँसो बढेको छ ।

जग्गाको मुआव्जा वितरण गरिसक्दा सम्मा डिपिआरको काम नसक्दा समस्य उत्पन्न भएको छ । नलगाड जलविद्युत आयोजना भित्रका केही कर्मचारी र डिपिआर निर्माण गर्ने कम्पनीको बीचमा तालमेल कम हुँदा काम ढिला हुँदै गएको सरोकारवालाहरु बताउँछन् । जाजरकोट क्षेत्र नं १ का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले डिपिआर निर्माणमा ढिलाइको बिषयमा उर्जामन्त्री पम्फा भुसाललाइ ध्यानाक्रर्षण गराएको बताएका छन् ।

३१ महिनामा सकिने काम ६२ महिना सम्म नसकिनु दुखद भएको भन्दै उहाँले बदमासी गर्नेलाइ कारबाही गरि तत्काल काम अगाडी बढाउन माग गरिएको बताउनुभयो । त्यस्तै नलगाडको दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माण कार्य तत्काल सुरु गर्न समेत माग गरिएको छ । केही दिन अघि जिल्लामा आयोजनाको डिपिआर निर्माण कार्य ढिलाइ र ग्रामीण विद्युतीकारण निर्माण भएको खेलाचिका विषयमा समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य सिंहको चाँसो बढेको छ । ठेक्का लिँदा शक्ति केन्द्र धाउने तर काम नगर्ने परिपार्टी रोक्न समेत सिंले माग गरेका छन् ।

आज मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)सँग समेत सिंहले आयोजना निर्माणका विषयमा छलफल गरेका गर्नुभएको छ । जाजरकोटको संमग्र विकास निर्माणका विषयमा छलफल भएको सिंहको सचिवालले जानकारी दिएको छ । जनयुद्धकालिन विशेष क्षेत्रमा परिवर्तनको आभार देखाउनका लागि पहल चाल्न समेत आग्रह गरिएको छ । त्यस्तै अर्थमन्त्री जर्नादन शर्मासँग समेत उहाँले भेटघाट गर्नुभएको छ । जाजरकोट संमग्र विकास निर्माणका विषयमा बजेट केन्द्रीत गर्न आग्रह गरिएको छ ।

विकास निर्माण छिटो छरितो होस
शेरबहादुर देवता प्रधानमन्त्री बने लगत्तै जिल्लाको विकास निर्माणका विषयमा राजधानी केन्द्रीत भइ सांसद तथा नेताहरु बीचमा व्यापक छलफल हुन थालेको छ ।

विकास निर्माणमा हुने गरेका ढिला सुस्तीका विषयमा केन्द्रीत भएको छ । आज मात्र कुशे गाउँपालिकामा भएका विकास निर्माण र बाँकी गर्नुपर्ने कामका विषयमा कुशेको एक कार्यदल आएर पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाइ ध्यानाआक्रषण गराउने भएको छ ।

आफू अनुकूल सरकार आएको भन्दै नेताहरु बजेट र कामको गतीका विषयमा केन्द्रीत भएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो ।





error: Content is protected !!