नलगाडको डिपिआर निर्माण ढिलाइ बारे उर्जामन्त्रीलाइ सांसद सिंहद्धारा दबाव

जाजरकोट -नलगाड जलविद्युत आयोजनाको डिपिआर तोकिएको समय भन्दा भारी समय सम्मा निर्माण हुन नसकेपछि निकै चर्चा र चाँसो बढेको छ ।
जग्गाको मुआव्जा वितरण गरिसक्दा सम्मा डिपिआरको काम नसक्दा समस्य उत्पन्न भएको छ । नलगाड जलविद्युत आयोजना भित्रका केही कर्मचारी र डिपिआर निर्माण गर्ने कम्पनीको बीचमा तालमेल कम हुँदा काम ढिला हुँदै गएको सरोकारवालाहरु बताउँछन् ।
जाजरकोट क्षेत्र नं १ का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले डिपिआर निर्माणमा ढिलाइको बिषयमा उर्जामन्त्री पम्फा भुसाललाइ ध्यानाक्रर्षण गराएको बताएका छन् । ३१ महिनामा सकिने काम ६२ महिना सम्म नसकिनु दुखद भएको भन्दै उहाँले बदमासी गर्नेलाइ कारबाही गरि तत्काल काम अगाडी बढाउन माग गरिएको बताउनुभयो । त्यस्तै नलगाड नगरपालिका ७ दानीपिपलमा निर्माण हुन लागेको ४०० केभी प्रशारण लाइनको ११३ रोपनी जग्गा अधिग्रहण भइसकेकोले छिटो काम गर्न आग्रह गर्नुभयो ।
आव २०७५/ ७६ मा ग्रामीण विद्युतीकरणका लागि ३० करोडको काम लथालिङग भएकोले सो काम तत्काल सम्पन्न गरि बदमासी गर्ने ठेकेदारलाइ कारबाही गर्न समेत उर्जामन्त्रीलाइ आग्रह गरिएको छ । नेपालपोष्टबाट केही दिन अघि काम नभएको विषयमा समाचार प्रशाशित भएको थियो ।










