गैरचालकको मनोमानी ?

हेमन्त केसी
जाजरकोट – कच्ची सडकमा गैरचालकको मनोमानीका कारण यातायातका साधनहरु चलाउदा दुर्घटना हुने क्रम बढको छ ।
भर्खरै ट्याक खुलेको सडकमा सिकारुले यातायातका साधनहरु जथाभावी चलाउदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकहरुमा दुघटना बढेको पाइएको छ ।

टा«फिक प्रहरीको नजर नपुग्ने ठाउँमा भारी यात्रुहरु राखेर तोकिएको दर रेट भन्द बढी रकम असुल्दै गैरचालकको बदमासी गाउँतीर सरेके हो । गाउँ , गाउँमा सञ्चालनमा रहेको हलुका सवारी साधन विस्थापित हुँदै गाउँमा पुगेसँगै विकृती बढीरहेको स्थानीयबासीहरु बताउँछन् ।

गाउँका सर्बसाधारणलाइ चालकसँग चालक अनुमति पत्र भए नभएको बारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ । नियमित मर्मत सम्भार नगरेको , लाइट नभएका , ग्रियर नलाग्ने यातायातका साधनहरु धकेलेर सञ्चालन गर्दै यात्रुहरु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो । असारको पहिलो हप्ता मोटरसाइकल दुर्घटन हुदा बारेकोट गाउँपालिका –५ की कृष्णकुमारी शाहीको मृत्यु भयो । उहाँलाइ मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते अवस्था छन् । तर उनीसँग चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै हप्ता दिन अघि बारेकोट गाउँपालिका –८ लैखममा जिप दुर्घटना भयो । सो जिपको चालकको समेत सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ । त्यहाँ एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । तीन हप्ता अघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परि एक जनाको मृत्यु भयो । उहाँको पनि सवारीचालक अनुमति पत्र नभएको पाइएको थियो । गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारीसाधन चलाउने चालकहरु चालक अनुमति पत्र नभएको आरोप लाग्दै आएको छ । चालक अनुमति पत्र नभएका चालकले यातायातका साधनहरु सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि टा«फिक प्रहरीले निगरानी समेत बढाएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले बताउनुभयो ।

 

भेरी करिडोरको जाजरकोट बीच बिन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै भारी मात्रामा सवारी साधन समेत चल्ने गर्दछन् । विगत दश वर्षको रेकर्ड हेर्दा जाजरकोटमा ठुला दुइ दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला डोल्पा , रुकुम पश्चिम , सुर्खेत र दैलेख जिल्लाहरुमा जाजरकोट भएर सवारीसाधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो । जिल्लाका नलगाड , छेडागाड , भेरी र शिवालय गाउँपालिका भित्र पर्ने सडकहरुमा गुड्ने यातायातका साधनहरुमा निगरानी कम हुँदा समस्य हुँदै आएको छ ।

नियम नमान्दा कारवाहीको दर उच्च
नियम नमानेर जथाभावी सवारी साधन चलाउदा अघिल्लो वर्ष भन्दा यो आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व संकलन गरेको छ । मादकपदार्थ सेवन गरि चलाएको , सवारी चालन अनुमतिपत्र नभएको , जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढि भाडा लिनेलाइ कारवाही गरी राजश्व उठाएको बताएको छ । गत आर्थिक २०७६÷७७ सालमा १८ लाख ६९ हजार राजश्व संकलन गरेको थियो ।

यस आ.व.मा गत बर्षको तुलनामा धेरै राजश्व संकलन गर्न सफल भएको प्रमुख बिश्वकर्माले बताउनुभयो । कार्यालयले आव २०७७/ ७८ मा रु ४० लाख ४० हजार राजश्व संकलन गरेको थियो । ४ हजार ७ सय ५० सवारी साधनलाई कारवाही गरेको छ ।
गत आर्थिक बर्षमा २ हजार १ सय २ वटा सवारी साधन कारवाही परेका थिए । जसबाट १हजार ८ लाख ६९ हजार राजश्व संकलन भएको थियो । दुई पाग्रे सवारी साधन २ हजार १ सय ५२ वटा कारवाहीमा परेका छन । दुई पांगे्र सवारीबाट १९ लाख १८ हजार ५ सय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

चार पाग्रे सवार साधन २ हजार ५ सय ९८ कारबाही गरिएको छ । चार पाग्रे सवारी साधनबाट २१ लाख २१ हजार ५ सय रकम संकलन भएको थियो । जिल्लामा यस आर्थिक वर्षमा जिल्ला भित्र २१ वटा सवारी दुर्घटना भएका थिए । जसमा ७ जना जिप दुर्घटना भएर ज्यान गुमाएका थिए ।

३ जना ट्रयाक्टर दुर्घटना ३ जना मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको कार्यालय प्रमुख बिश्वकर्माले बताउनुभयो । १ वटा चारपाङ्ग्रे र १० वटा चोरीको मोटरसाइल बरामत गरि सवारी धनीलाइ जिम्मा लगाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!