टेलिफोन ,विद्युतको समस्या दशैँ अघि हल गर्न सांसदको माग

हेमन्त केसी
जाजरकोट – जिल्लामा विद्युत र बाँकी टेलिफोन टावर निर्माणका विषयमा सांसद र सरोकारवालासँग छलफल भएको छ ।
बुधबार दिउँसो नेपाल टेलिकमको केन्द्रीय कार्यालय र विद्युत प्राविधिकरणको केन्द्रीय कार्यालयमा छलफल भएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । जिल्लामा भएका समस्याका विषयमा सरोकारवाला मन्त्रालयले चासो नदिँदा तोकिएको समयमा काम नभएको भन्दै प्रदेशसभा सदस्य सिंहले आक्रोष पोख्नुभएको थियो ।
टेलिकमका केही टावर निर्माण भएर सञ्चालनमा आएपनि कुशे लगाएतका ठाउँमा अझैँ काम अधुरो रहेको भन्दै तत्काल दशैँ अघि सो समस्य हल गर्न आग्रह गरिएको सभासदस्य सिंहले बताउनुभयो । दशैँ सम्म काम पुरा नगरे टेलिकम र विद्युत कार्यालयका विरुद्धमा जनता सहित अदालत जाने चेतावनी सिंहले दिएको कुशे गाउँपालिकाका कृष्णबहादुर शाहीले बताउनुभयो ।


कुशे गाउँपालिकामा टावर निर्माण भएपनि टावर सञ्चालनको काम ढिला गरिँदा सर्बसाधारणहरु अग्ला डाडामा गएर फोन गर्न बाध्य भएको पीडा जनता सामु भएको भन्दै सिंह जनताको मागप्रति चिन्तित हुन आग्रह गरेको बताउनुभयो ।
त्यस्तै नलगाडको डाडागाउँ , रग्दामा निर्माण गर्न लागिँएका टावरहरु छिटो निर्माण गर्न आग्रह गरिएको छ । पुरानो ठेकेदारले काम नगर्दा भएको ढिलाइलाइ मध्यनजर गरि नयाँ ठेक्का चिनियाँ ठेकेदारले पाइ सो काम छिटै पुरा गर्नका लागि ठेकेदार र टेलिकम प्राजेक्ट म्यानेजर गोपाल केसीसँग छलफल भएको छ ।
प्रदेशसभा सदस्य सिंहले नेपाल टेलिकम केन्द्रीय कर्यालयका पोजेक्ट म्यानेजर गोपाल केसी को रोहवरमा चिनियाँ निर्माण कम्पनीक इन्चार्ज प्रविन घिमिरे र इन्जिनियर सुविज्ञा सुबेदीको बीचमा छलफल गरि जिल्लामा नयाँ १२ वटा टेलिफोन टावर दशैँ अघि निर्माण गर्ने सहमती भएको सांसद सिंहले बताउनुभयो ।
तोकिएको समयमा निर्माण नभए टेलिकमको केन्द्रीय कार्यालयमा आएर आन्दोलन गर्ने चेतावनी सांसद सिंहले दिनुभएको छ ।
त्यस्तै जिल्लामा विद्युत प्रशारण लाइन लथालिङग बनाउने निर्माण व्यवसायी माथी कडा कारबाही गरि जनताले महसुस गर्ने गरि कामलाइ तिव्रता दिन समेत नेपाल विद्युत प्राधिकरणका महानिर्देशक हितेन्द्रदेव शाक्यसँग सांसद सिंहले छलफल गरेको बताउनुभयो । ठाउँ , ठाउँमा काम लिने तर काम नगर्ने ठेकेदार माथी कारवाहीका साथै वषौँ पुराना योजनाको निर्माणका लागि ताकेता गर्न समेत आग्रह गरिएको छ । आफूले गाउँ जाँदा पोलहरु जथाभावी फाँकिएको पाएपछि सरकारी सम्पती दुरुपयोग हुन नदिन पहल जारी राखेको बताउनुभयो ।





error: Content is protected !!