न्यायलयको भूमिका थप बढेको ः माओवादी नेता बस्नेत

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य शक्तिबहादुर बस्नेतले सर्वोच्च अदालतले दिएको फैसलाले संविधान र लोकतन्त्रको जित भएको बताएका छन्।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उहाँले प्रतिक्रिया दिदै जनताको जित भएको बताउनुभएको छ । उहाँले अदालतको फैसलाले जनता, जनप्रतिनिधि संस्था र न्यायालयको ओज एवम गरिमा बढेको पनि बताउनुभएको हो ।
‘सर्वोच्चद्वारा दोस्रो पटक संसद पुनस्थापना, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी ? फेरि एकपटक जनताको जित भएको छ । यो फैसलाले जनता, जनप्रतिनिधि संस्था र न्यायालयको ओज एवम गरिमा बढेको छ । धन्यवाद साथै बधाई सम्बन्धित सबैलाई’, उहाँले भननुभएको छ ।








