सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, विपक्षी गठबन्धनको बैठक बोलाइँदै


काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आफू देउवा निवास जान लागेको रातोपाटीलाई जानकारी दिए । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने खड्काले बताए । सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।










