करेन्ट लागेर ध्यारकोे मृत्यु

जाजरकोट ः  नलगाड नगरपालिका –१० की २३ बर्षीया रमिता ध्यारको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार करेन्ट लागेर गम्भिर घाईते हुनुभएकी ध्यारको रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –९ राडी स्थित नगर अस्पतालमा शनिबार बेलुकी पुर्याएको थियो । उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । घर नजिकैको धारामा सफा गरेका कपडा लघु जलविद्युत आयोजनाको तारामा सुकाउन जादा रमितालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ बर्षीया प्रमिला ध्यार र ६५ बर्षीया बेलु ध्यारलाई पनि करेन्ट लागेर घाईते भएका भएका छन् । घाईते भएका तीनै जनालाई रुकुमपश्चिमको राडी स्थित नगर अस्पतालमा पुर्याएको थियो । रमिताको आज विहान मृत्यु भएको छ भने अन्य दुइ जनाको उपचार पछि आज विहान घर पठाएको छ ।





error: Content is protected !!