प्राविधिक शिक्षालयका विद्यार्थी अव कक्षाकोठामा

जाजरकोट ः भवन अभावका कारण खुल्ला चौरमा पढाइ भइरहेको चर्चा बटुलेको भेरी नगरपालिका ५ काफलचौर स्थित बहुप्राविधिक शिक्षालयमा भवन निर्माण गरिएको छ । भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ ।
रु २५ लाख ३५ हजार लागतमा नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको हो । त्यस्तै खानेपानी तथा सिँचाइ उर्जा विकास कार्यालय र नगरपालिकाको रु २० लाख २९ हजार ९५९ रुपैया लागतमा खानेपानी योजना निर्माण गरेको छ ।

प्राविधिक शिक्षालयको तीन कोठे ट्रष्ट भवन निर्माण भएपछि विद्यार्थीहरुले खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । ३ बर्ष अघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट स्विकृती पाइ जाजरकोट बहुप्राविधिक शिक्षालयले भवन तथा पूर्वाधार बिना नै गत पुसदेखि पठनपाठन संचालन गर्दै आएको आएको थियो ।
भवन बिना नै संचालन गरिएको प्राविधिक शिक्षालयका विद्यार्थीहरु खुल्ला चौरमा कार्पेट विछ्याएर सिकाई गरी रहेका थिए भने, शिक्षकले बाँसको पोलमा सेतोपाटी झुण्ड्याएर पढाई गरिरहेका थिए ।

नगरपालिकाले शिक्षालयको तीन कोठे ट्रष्ट भवन निर्माण गरिदिएपछि बर्षात हुदा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुपर्ने अबस्थाको अन्त्य भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताउनुभयो । २२ रोपनी जग्गा बाहेक अरु कुनैपनि भौतिक पूर्वाधार बिनानै संचालन गरिएको प्राविधिक शिक्षालयमा पहिलो वर्ष वन विज्ञानमा ३७, सिभील ईन्जिनियरीङ्ग ४८ र पशु विज्ञान तर्फ २९ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताउनुभयो । भवन र फर्निचर अभावमा प्राविधिक शिक्षालयले ल्याब प्रयोग गर्न सकिरहेको थिएन् । शौचालय नहुदा दिसा पिसाबको लागि जंगल धाउनुपर्ने, खानेपानीको अभावमा एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अबस्थाको अन्त्य भएको नगर प्रमुख घर्तीले बताउनुभयो ।

काफलचौरमा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालय र बिजय माध्यामिक बिद्यालयमा २ वटा संयुक्त धारा संचालन हुनेगरी नगरपालिकाले खानेपानी योजना सम्पन्न गरेपछि घण्टौ समय लगाएर गांग्रीमा बोकेको पानी पिउनुपर्ने बाध्यता हटेको छ । प्राविधिक शिक्षालयमा ५ वटा र माविमा ५ वटा धारा एक साथ चल्नेगरी २ वटा संयुक्त धारा निर्माण भएको ईन्जिनियर नवराज शर्माले जानकारी दिनुभयो । वडा नम्बर ६ को भेरेमा रहेको खानेपानी मुहानबाट काफलचौरसम्म ८ किलोमिटर खानेपानी योजनाको लम्बाई रहेको छ ।

नेपाल सहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजनाको २० लाख २२ हजार ९५९ रुपैया लागतमा मुहानमा ईन्टेक, एक ट्याङ्की र दुई वटा संयुक्त धारा निर्माण गर्नुको साथै ८ किलोमिटर पाईप लाईन बिच्छ्याएर उक्त पानी ल्याइएको हो । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयले ३२ र २५ एमएमको ८ हजार मिटर पाईप सहयोग गरेको ईन्जिनियर शर्माको भनाई रहेको छ ।





error: Content is protected !!