दुध पकेट क्षेत्र बिस्तार गर्न मुर्रा जातको भैंसी वितरण

जाजरकोट ः भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैंसी वितरण गरेको छ। दुध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको हो।
वडा नम्बर १३ रोकायगाउँ ५० प्रतिशत भन्दा माथि क्रस बर्णशंकर (मुर्रा) जातको बेहुने भैंसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । दुध पकेट क्षेत्र बनाउने गरी भैंसीपालन पकेट क्षेत्र निर्माण गर्न भैंसी वितरण गरिएको उहाँले बताउनुभयो ।
भेरीलाई दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ४ वटा समुहमा रु ४८ लाख भन्दा बढीका क्रस मुर्रा जातको भैसी वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख घर्तीले बताउनुभयो ।
मंगलबार १० जना किसानलाई क्रस मुर्रा जातको भैंसी वितरण गरेको नगरपालिकाले यहि असार २३ गतेसम्म बाँकी रहेका ३ वटा भैंसी पालन कृषक समुहमा भैसी वितरण गरि सक्ने बताएको छ ।
नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मुर्रा जातको गर्भेनी भैंसी वितरण गरिएको हो ।










