हवाइ उद्धार गर्न प्रशासनको पत्राचार

जाजरकोट-  भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी गर्नका लागि हेलिकोप्टर परिचालन गर्न पत्राचार गरिएको छ ।

उद्धार गर्न गएको टिम घटनास्थल सम्मा पुग्न नसकेका कारण हवाइ उद्धार गर्न गृहमन्त्रालय शान्ति सुरक्षा अपराध नियन्त्रण शाखाका साथै कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय समेत पत्राचार गरिएको छ । उद्धारमा खटिएको टिमलाइ चिसो हुँनुका साथै लके लागेर अगाडी बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।


मंगलबार देखि कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय  अझै सम्पर्कमा नआएका हुन् ।

हावाहुरी ,पानी सहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरुलाइ खोजि कार्यका लागि प्रहरी टोलि स्थानीयवासीलाइ घटना स्थल तीर पठाएपनि त्यहाँ पुग्न नसकेको डिएस्पी मधुकुमार थापाले बताए । सोही घटनामा परि बच्न सफल भएका ४४ बर्षिय भक्तबहादुर रोकाय , १० बषर््िाय इश्वर रोकाय , १४ बर्षिय दुर्गा रोकाय र ५५ बर्षिय गंगा खड्का सम्पर्कमा आएर प्रहरीलाइ खवर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाइ , १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार विहान मात्र घटनाका बिषयमा जानकारी आएपछि प्रहरी स्थानीयलाइ घटना स्थल तर्फ पठाएको थियो । यो समाचार तयार पर्दा सम्मा प्रहरी र स्थानीयवासी घोडेओडारमा पुगेको र त्यहाँ भन्दा माथी पुग्न अझै पाँच घण्टा भन्दा बढी लाग्ने जानकारी आएको डिएस्पी थापाले बताए ।
प्रहरी र स्थानीय यूवाहरु घटना स्थल पुग्नका लागि मौसम अनुकूल नहुँदा समस्य भएको उनले । पानी , हावाहुरी सहितको बहुकाले माथी जान नसकेको उनले बताए । घटनास्थल समुन्द्र सहत देखि ४ हजार ८०० मिटर उचाइमा रहेको छ ।

त्यस्तै पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालपोष्टसँग कुरा गदै तत्काल उद्धार गर्न सजै खालको प्रयास जारी रहेको बताउनुभयो । जसले जहाँबाट सूचना पाउछ । त्यहाँबाट सहयोग गर्न समेत उहाँले बताउनुभयो । त्यस्तै राष्टियसभा सदस्य मायाप्रसाद शर्माले समेत टेलिफोन गरि चिन्ता गर्नुभएको छ । आफू सो ठाउँमा घुमेकोले अहिले निकै समस्या खालको भएको उहाँले बताउनुभयो ।





error: Content is protected !!