जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा रजाइँ

दिलमाया शाही 

जुम्ला ः जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा ठूलाबडाको रजाइँ चलेको छ। यी मन्दिर परिसरमा रहेका ५२ वटा घर र टहरालाई भाडामा लगाइएको छ। मन्दिरको नाममा निमार्ण भएका टहराको भाडा वार्षिक ४२ लाख रुपैयाँ हाराहारीमा उठाउने सम्झौता छ।

गुठी व्यवस्थापन समितिले बनाएको अडिट रिपोर्टमा ३२ लाख ५८ हजार ३३३ रुपैयाँ १२ पैसा भाडा उठेको देखाइएको छ। भक्तजनहरूको दान र विवाह शुल्क इत्यादिबाट उठेको रकम ३८ लाख ४३ हजार २२८ रुपैयाँ ३ पैसा रहेको देखाइएको छ।

आर्थिक वर्ष २०७६र७७ मा उठेको रकम मन्दिरको पूजाआजा र नौ जना कर्मचारीको तलबमा खर्च गरिएको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

यी हुन्‌ भाडा नै नतिर्ने

जति आम्दानी देखाइएको छ, मन्दिरको सम्पत्ति प्रयोग गरी भाडा नबुझाउनेहरू पनि उत्ति नै छन्‌। भाडा नदिनेहरू जुम्ला बजारका पहुँचवालाहरूु हुन्‌।

​उर्मिला श्रेष्ठले २२ महिना, सुकवीर बुढाले १६ महिना, प्रभा शाहीले १२ महिना सीता थापाले १९ महिना, भिन्चु लामा ७ महिना, सुशील देवकोटा ९ महिना, लोकदर्शन श्रेष्ठ ६ महिना मिलको र २२ महिना घरको भाडा बुझाएका छैनन्‌।

देवेन्द्र उपाध्याय र खडानन्द न्यौपानेले ११ महिनाको भाडा बुझाएका छैनन्। मुबारक सिद्धिकीले ६ महिना, प्रवीन श्रेष्ठले १० महिना र विनोद शेरचनले २० महिनाको भाडा नबुझाएको लेखापाल रत्नप्रसाद आचार्यले बताए।

मन्दिरका टहराबाट बाँकी उठ्नुपर्ने रकम १५ लाख ८ हजार २५३ रुपैयाँ रहेको लेखापाल रत्नप्रसाद आचार्यले बताए। हामीले सम्झौता भएको रकम नबुझाउने व्यक्तिलाई पटकपटक पत्राचार गर्‍यौँ। उनीहरूले उक्त पत्रको वेवास्था गरे। उनीहरूलाई दबाब दिनकै लागी हुलाक सेवा मार्फत पत्र पठाउँदा पनि भाडा बुझाएका छैनन्,ु आचार्यले गुनासो पोखे।

बाहिरबाट गएकाले बुझाउँछन्‌, तर स्थानीयको मोजमस्ती

आचार्यका अनुसार मन्दिरका संरचना उपयोग गरी व्यापार गर्न बाहिरबाट गएकाहरूले भाडा बुझाइरहेका छन‌्‌। तर, जिल्लाकै अधिकांशले भने भाडा बुझाउने गरेका छैनन्‌।

उनले भने, ‘बाहिरबाट आएर टहरा भाडामा लिएका सबैले इमान्दारीपूर्वक भाडा तिरेका छन्‌। भाडा नतिर्नेहरू जुम्ला बजारका ठूलाबडा हुन्‌। मन्दिरमा २ जना पुजारी, एक लेखापाल एक जना जलरी र ५ जना सहयोगी कर्मचारी छन्‌। उनीहरूको तलब न्युनतम ७ हजारदेखि अधिकतम २७ हजार ५०० सम्म तोकिएको छ। उनीहरूका लागि मासिक तलब १ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ। तर, भाडामा बसेका ठूलाबडाहरूले भने समयमा भाडा नै बुझाउँदैनन्।’

त्यस्तै, टहरामा भाडा लिएर चिया पसल गर्दै आएका काशीराम भण्डारीले भने, हामीले नियमित भाडा तिर्दै आएका छौँ। हामी साना लगानीका पसलेले एक महिना भाडा नतिरे जरिवाना काट्ने गरेका छन्‌। तर, ठूलाबडाले भाडा नतिरेर पनि वर्षौंसम्म बसेका छन्‌।

बैंक खाता नम्बर नदिएकाले समस्या

टहरामा व्यवसाय गर्दै बसेका व्यापारीका अनुसार मन्दिर व्यवस्थापकले भाडा बापतको रकम जम्मा गर्न कुनै बैंकको खाता नम्बर दिएको छैन। रसिद बनाएर रकम उठाउने गरेको छ।

यसरी मन्दिरको नामको सम्पत्ति हिनामिना हुँदा गुठी व्यवस्थापन समिति पनि मूकदर्शक बनेको छ। एकजना स्थानीय भन्छन्, ‘मन्दिरमा पनि राज्यको नीति लागू भएको छ। हुन त गुठी व्यवस्थापन समितिमा पहुँचवाला बाहेक अरू बसेको देखिँदैन। समितिमा पहुँचवालाकै हालीमुहाली चलेपछि धर्मको नाममा मागेर खाने भाँडो बनाइएको छ। यसरी मन्दिरको नाममा लाखौ रकम उठ्ने गरेपनि सार्वजानिक सुनुवाइ हुँदैन।’

गुठीको जग्गा नै अतिक्रमण

जुम्लास्थित चन्दननाथ गुठीको जग्गा नै अतिक्रमणमा परेको छ।

पहुँच र दबाबका भरमा विभिन्न व्यक्तिहरूले चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन्।

चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर ९करिब २०५ रोपनी० जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिर नजिक सेराखेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको हो।
केही समय भाडामा बुझाउने र पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको छ। तर, फिर्ता ल्याउन केही पहल भएको देखिँदैन। खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गाको पनि कुनै हिसाबकिताब छैन।

गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार गुठीको नामको लालपुर्जा हेर्दा कुडारीमा १ लाख १९ हजार ४५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३३१ वर्गमिटर, कार्तिकस्वामीमा ४० हजार २२४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ६९ वर्गमिटर, गर्ज्याङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १८८ वर्गमिटर जग्गा छ। जग्गाको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ। धेरैले तिर्ने गरेका छैनन्।

जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ। धेरैले कम समयका लागि जग्गा भाडामा लिने र धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ। कसैले स्थायी भौतिक संरचना नै बनाएका छन्।

कठायतले भने, ‘गुठीको जग्गामा तीव्र अतिक्रमण भएपछि २०७१ सालमा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले २५ जेठ ०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदनअनुसार गर्ज्याङकोट तथा गुठी चौरमा ३ हजार ५७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएका छन्। दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंस बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जग्गा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएका हुन्।’

त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ। गुठीकै जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएका छन्।

चन्दननाथ–४ डाँडाकोटस्थित गुठीकै जग्गामा सार्वजनिक सडक बनाइएको छ। चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार जग्गा अतिक्रमण गरेर वसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन्। यी सबै मापदण्ड विपरीतका संरचना भएको समितिले बताएको छ।





error: Content is protected !!