भेरीमा बगेर एक बेपत्ता, एकको मृत्यु

जाजरकोट –  भेरी नदीमा पौडी खेल्ने क्रम्मा एकको मृत्यु भएको छ भने एक बेपता भएका छन् । पश्चिम रुकुम चौरजहारी नगरपालिका १२ दुर्नेटा घर भइ जाजरकोट भेरी नगरपालिका – १ रावतगाउँमा आफन्तको घरमा आएका ११ बर्षिय गीता डांगीको ज्यान गएको छ भने १६ वर्षकी दिपा डांगी वेपत्ता भएकी छिन् ।

गीताको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै भेरीमा बग्दा बग्दै उद्धार गरिएका १७ वर्षिय रामवहादुर डांगी घाइते भएका छन् । उहाँको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । भेरीमा पौडी खेल्न गएका रामवहादुर बगेपछि उहाँलाइ बचाउने क्रममा बगेको दीपा र गीता मध्य दीपा अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले व्यापक रुपमा खोजी गरिहेका छन् ।





error: Content is protected !!