मलामीको लाम सहित पार्टीको झण्डा ओढाएर कोरोना संक्रमितको अन्त्येष्टि

रुकुम पश्चिम ः कोरोनाको नयाँ भेरियन्टको कारण संक्रमणदर र मृतकको संख्या समेत बढेपछि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा लगाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोधका साथ कारबाहि गरिने समेत जनाएको छ ।

तर, कोरोनाको तिब्र संक्रमणका बिच रुकुम पश्चिममा भने कोरोना संक्रमितको शव अन्त्येष्टिमा चरम लापरबाहि भएको छ ।

 

कोरोना संक्रमणको कारण मृत्यु भएका यहाँका एक राजनैतिक कार्यकर्ताको शव मलामीको भिड सहित माओबादीको केन्द्रको झण्डा ओढाएर शनिबार अन्त्येष्टि गरिएको छ ।

शुक्रबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएका आठबिसकोट नगरपालिका ८ का ५१ बर्षिय पुरुषको शव रुकुम ल्याईएको थियो । शनिबार दिउँसो आठबिसकोट नगरपालिकाको मुख्यबजार राडिको बिचबाट भिडभाड सहित उक्त शव नजिकैको भेरि किनारमा लिईएको थियो ।

राजनैतिक कार्यकर्ता भएकोले स्थानीय सरकारको अनुमतिमा मलामी सहित झण्डा ओढाएर अन्त्येष्टि गरिएको बताईएको छ । यसले एकातिर निषेधाज्ञाको ठाडो उल्लंघन भएका छ भने अर्कोतिर स्थानीयमा संक्रमण फैलने डर बढेको छ ।

कोरोना एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार संक्रमितको शव व्यवस्थापन गर्नुपर्ने भएपनी यहाँ भने त्यसो नगरेको स्थानीयको गुनासो छ । सरकारले बनाएको शव व्यबस्थापन कार्यविधिको समेत परिपालना नभएको पाईएको छ ।

‘मान्छेहरुको भिड त्यतिकै छ भने अर्कोतिर जथाभावी शव जलाउदा संक्रमणको जोखिम बढेको छ’, एक स्थानीयले भने, ‘कोरोना संक्रमितको लासमा समेत राजनीति गरेको देखियो ।’ निशेधाज्ञाको समयमा मान्छेहरुको भिडले थप संक्रमण फैलने डर बढेको छ ।

बजारक्षेत्रमा यति धेरै मान्छेको जमघट सहित संक्रमितको शव डुलाउँदा स्थानीयबासी थप चिन्तित बनेका छन् ।





error: Content is protected !!