जुनिचाँदेमा बैंक नहुँदा हैरानी

जाजरकोट ः बैंक नहुँदा जुनिचाँदे गाउँपालिकामा समस्या भएको छ । निर्माण कार्य सम्पन्न भएका योजनाहरु भुक्तानी दिन सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।

अहिले प्रत्येक योजनाका उपभोक्ताहरु सदरमुकाम गएर बैंकमा खाता खोलेर आउनु पर्ने र भुक्तानी समेत लिन पटक पटक जानु पर्दा निकै समस्या भएको अचार्यले गुनासो गर्नुभयो ।

गाउँपालिकाको टुंगो नलागेका कारण बैंक पठाउन नसकिएको सरोकारवाला निकायले बताएका छन् ।





error: Content is protected !!