जाजरकोट ः विपद् निम्तिँदा उद्धार गर्न सबै पालिकामा हेलिप्याड

नन्दा शाही
जाजरकोट ः पहाडको भिरालो जनिनका साथै जथाभावी डोजरको प्रयोगले कम्जोर भएको भागबाट पहिरोको जोखिम बढ्न सक्ने भन्दै प्रत्येक पालिकामा स्वयंमसेवकका ,हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ ।
वर्षायाम सुरु भएसँगै सदरमुकामबाट गाउँ , गाउँमा जानका लागि सडक अवरुद्ध हुने सम्भावनालाइ मध्यनजर गदै सबै पालिका स्तरमा हेलिप्याड निर्माण गर्न आग्रह गरिएको हो । विपद् बाजा बजाएर नआउने भन्दै सो बाट बच्नका तथा छिटो ,छरितो उद्धार कार्यमा सघाउ पुर्याउन पालिका स्तरमा हेलिप्याड निर्माण गर्ने निर्णय भएको विपद् ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।
त्यस्तै जिल्ला सदरमुकाममा ब्लड बैंक स्थापना गर्नका लागि सबै पालिकाले आवश्यक बजेट बिनियोजन गरि तत्काल काम अगाडी बढाउने निर्णय भएको प्रजिअ देवकोटाले बताए । उद्धारमा चाहिने आवश्यक सामग्रीको जोहो गर्न समेत आग्रह गरिएको छ । वर्षात सुरु हुनु अगाबै औषधि , आवश्यक खाद्यान्न लगाएतका आभारभुत आवश्यकता सबैको जोहो गर्न समेत आग्रह गरिएको छ ।










