पूर्वमन्त्री पहाडीद्धारा डोल्पामा कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री पठाइयो

काठमाडौँ ः पुर्व शान्ति मन्त्री सत्य पहाडीको पहलमा डोल्पामा स्वास्थ्य सामग्री पठाएको छ । यहाँले गाडी मार्फत अक्सिजन उत्पादन गर्ने दुइवटा अक्सिजन कन्सन्ट्रेटर , २०० एन्टिजोन किट , व्यक्तिगत सुरक्षा सामग्री , मास्क , स्यानिटाइजर , ५ वटा अक्सिजन रेगुलेटर , ५ सिलिण्डर र औषधि पठाउनुभएको हो ।

त्यस्तै नेपालगन्जबाट १० सिलिण्डर थपेर पठाउने उहाँले बताउनुभयो । अक्सिजन पलान्ट खरिद गरेर डोल्पामा पुगेपनि प्राविधिक नहुँदा उक्त पलान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगन्ज जानुपर्ने बाध्यतालाइ हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताउनुभयो ।





error: Content is protected !!