कान्तिपुरको भाइरल कार्टुनपछि नागरिकमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको व्यंग्यमा छापियो यस्तो कार्टुन

काठमाडौं – कोरोना महामारीका बेला राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा संसद विघटन र मध्यावधि निर्वाचनको बाटोमा मुलुकलाई होमेको भन्दै आलोचना भइरहेको छ ।

यस्तै आलोचनाका बीच आइतबार कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका थिए ।

राजाले जस्तै श्रीपेच लगाएका ओलीको कोटको खल्तीमा राष्ट्रपतिलाई हालिएको कार्टुनपछि ओलीले प्रेत राजसंस्थासँग गणतन्त्रका राष्ट्रपतिको अपमान गरिएको भन्दै ओलीले आपत्ति जनाएका थिए ।

सोमबार फेरि नागरिक दैनिकमा राष्ट्रपति र प्रधानमन्त्रीको व्यंग्यमा कार्टुन छापिएको छ ।

कार्टुनमा कोरोना महामारीमा नागरिकका लाश अघिल्तिर प्रधानमन्त्रीले चुनावी मादल बजाएको र त्यही मादलको तालमा लाशहरुको अगाडि राष्ट्रपति भण्डारीले विन्दास पारामा नाचिरहेको देखाइएको छ ।

नागरिकमा रविन सायमीले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ ।





error: Content is protected !!