जाजरकोटका ग्रामीण क्षेत्रमा फैलियो कोरोना

रेशमबहादुर खड्का

जाजरकोट ः यहाँको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ । पहिलो लहरले सदरमुकाम सिमित रहेपनि दोस्रो लहर बस्तीस्तरमा फैलिएको छ । जिल्लाका सातै स्थानीयतहमाका बस्ती स्तरमा भाइरस फैलिएपछि जनप्रतिनिधिलाइ नियन्त्रण ठुलो चुनौती बनेको छ ।

पहिलोपटक भेरी नगरपालिका ७ का १ पुरुषमा कोरोना भाइरस पुष्टीभएको थियो । जिल्लामा हाल सम्म ७ सय २६ जना संक्रमीत भएका छन । सरकारले पहाडि जिल्लामा २ सय सकृय संक्रमीत भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारि गर्न पाउने निर्णय गरेको थियो ।

जिल्लामा ४ सय २ जना सकृय संक्रमति रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना सम्पर्क ब्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए । जिल्लामा जेठ ३ गते सम्मको प्रतिवेदन अनुसार ४ सय २ जना सक्रिया संक्रमितको उपचार भैरहेको छ । जिल्लामा पीसीआर बिधिबाट कुल ६ हजार ७ सय ६ जनाको स्वाब परिक्षण गरिएको छ । जसमा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । २ सय ६ जना उपचार पछि घर फकिएका छन । उक्त बिधिबाट परीक्षण गरिएका स्वाबहरु मध्य २ सय २२ जना सकृय संक्रमित रहेका छन ।

उनिहरु यति बेला होम आईसोलेसन,कोरोना अस्पताल जाजरकोटमा उपचार जारि छ । यस्तै एन्टिजेन तर्फ जिल्लामा हाल सम्म १ हजार ३ सय २६ किट परीक्षण गरिएको छ । परीक्षणमा ४ सय ३५ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सकृय संक्रमितको उपचार पछि २ सय ६ जना निको भएर घर फकिएका छन । २ सय २२ जना सकृय संक्रमित रहेको सम्र्पक ब्यक्ति खत्रीले बताए ।

यस्तै जिल्लामा ४ सय २ जना सक्रिया संक्रमितहरु उपचारको क्रममा छन । प्रशासनको अनुमतिबिना पुँजा, विवाह लागयतका कार्यहरुले पनि कोरोना फैलिएको स्थानीयको आरोप छ । जिल्लाको सबैभन्दा भेरै नगरपालिकामा कोरोना भाइरस तिब्र गतिमा बढेको छ । भेरी नगरपालिकाले पीसीआर बिधिबाट गरेको परीक्षणबाट २ सय ८५ जनामा कोरोना पुष्टी भएको थियो । जसमा १ सय २० जना सकृय संक्रमित रहेको भेरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै नगरपालिकाले गरेको एन्टिजेन बिधिबाट ४ सय ७६ जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट १सय७५ जनामा कोरोना पुष्टी भएको नगरपालिकाले जनाएको छ ।
जिल्लाका विभिन्न गाउँमा ज्वरो, रुघाका विरामीहरु बढिरहेको स्वास्थ्य सेवा कायर्कालय जाजरकोटले जनाएको छ । पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या ह्वातै बढेर गएको छ । सोमबार मात्र जिल्ला १८ जना संक्रमित थपिएकाछन ।

गाँउमा पर्याप्त सचेतना नहुँदा यो फलैने क्रम बढ्दै गएको छ । संक्रमित जिल्ला कोभिड अस्पताल जाजरकोटका सबै बेड भरीएको छ ।
गाउँमा बनाईएका अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मीहरुको समस्या छ । गम्भीर बिरामी भएकालाई उपचारका लागि सुर्खेत,नेपालगञ्ज लिनुपर्ने बाध्यता छ । अक्सिजन सहित पूर्वाधार ब्यवस्थापनको प्रयास जारि रहेको प्रमुख जिल्लाअधिकारी प्रेम प्रसाद देवकोटाले बताए ।
जिल्लामा कोभिड अस्पताल १ ओटा,आईसोलेसन बोड १ सय ३ ओटा,आइ.सि.यू कक्ष ३ ओटा,भेन्टीलेटर कक्ष १ ओटा,अक्सिजन सिलिन्डर ७५ थान,एच.डि.यू.बेड संख्या १ थान,अक्सिजन सहितका आईसोलेसन बेड ३३ वटा,साधारण आईसोलेसन बेड ७० ओटा ब्यवस्थापन भएको प्रजिअ देवकोटाले जानकारी दिए ।

कोराना भाईरसको संक्रमण फैलिदै गएपछि डिसिसिएमसिको बैठले दुई साता निषेधाज्ञा थप गरेको छ ।
पहिलो चरणमा एक सातालाई निषेधाज्ञा गरीएको थियो । जिल्लामा परीक्षणका लागि एन्टिजेनको अभाव रहेको स्वास्थ्यकर्मीको गुनासो छ ।





error: Content is protected !!