एकै साथ मुड्केचुलामा तीन टावर सञ्चालन ः अध्यक्ष शाहीको चुनावी नारा साकार

नन्दा शाही
डोल्पा ः सञ्चार सेवाबाट समस्य भोग्दै आएका मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासीले आज देखि पालिका भरी सञ्चार सेवा पाएका छन् ।

पालिकाको वडा ३ प्यारीलेक , पातीहाल्न र वडा ८ को ओक्टमा एकै साथ तीन वटा टावर निर्माण भइ सञ्चालनमा आएपछि स्थानीयवासीले टेलिफोन सेवा सहज रुपमा पाएको स्थानीयवासी दिलिप सिंहले बताउनुभयो । सञ्चार सेवा भन्दा बाहिर रहेका मुड्केचलावासीले घरमै बसेर फोन गर्न पाउदा खुसी भएको सिंहले बताउनुभयो ।

आज दिउँसोबाट नमस्तेको टावर सञ्चालन आएसँगै गाउँपालिकाको कुनै पनि क्षेत्रमा फोन सम्पर्क गर्न सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । गाउँपालिका भरी टेलिफोन टावर निर्माण गर्ने अध्यक्ष शाहीको चुनावी नारा रहेको थियो ।

गाउँपालिकाको समेत सहयोगमा टावर निर्माण भएको उहाँले बताउनुभयो । आजको दिन देखि गाउँपालिका भरी फोन सम्पर्क गर्न सकिने डोल्पाको पहिलो स्थानीय तहमा रुपमा मुड्केचुला भएको उहाँले बताउनुभयो ।

रुकुम पश्चिम आठबीसकोट, जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग समेत जोडिएको छ । टावर सञ्चालनमा नआउदा यहाँका सर्वसाधारणहरु अग्लो डाडामा गएर फोन सम्पर्क गर्न बाध्य रहेका थिए ।





error: Content is protected !!