गाउँभरी विरामी , स्थानीय तह वेखवर

जाजरकोट ः हप्ता दिन देखि कुशे गाउँपालिका ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षण देखिने विरामीको संख्या बढीरहेको छ । गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीयवासीले बताएका छन् । दमदालामा मात्र ८० घरधुरी छन् । उनले भन्नुभयो , पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ । कहाँ छ स्थानीय सरकार । खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग ।’

कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको उहाँको भनाइ छ । सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन । बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापाले बताउनुभयो ।

उहाँले स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गनुभयो । घरघरै बिरामी छन् । बिरामी नहुने घरै छैन। सबै थला परेका छन् अर्का स्थानीय निर्मला थापाले बताउनुभयो । उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मीसहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने व्यवस्था मिलाइने बताउनुभयो । त्यस्तै कुशे गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पालिकाबाट प्रवाह हुँने सेवा बन्द गरेको बताएको छ । हिजो एक विज्ञप्ति प्रकाशित पालिकाले सेवा बन्द गर्ने जनाएको छ ।





error: Content is protected !!