सूर्य थापाको टिप्पणी – जेठ २ को बटमलाइनबारे तीन वर्षपछि फर्किनु प्रतिगमन हुन्छ

काठमाडौं – प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन्।

थापाले आज २०७८ जेठ २ गतेको सन्दर्भ जोड्दै यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन्। सामाजिक संजालमा थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नरहेको बताएका हुन्।

थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते। पूरा तीन वर्ष बित्यो। प्राप्त सुझाव ‘पछाडि फर्किनु त प्रतिगमन हुन्छ, नो वे।’





error: Content is protected !!