डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

डोल्पा ःडोल्पामा निषेधाज्ञा जेष्ठ ७ गते सम्म थप गरिएको छ । जिल्ला कोभिड स‌ंकट ब्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञा जेष्ठ ७ गते सम्म थप गरेको हो । बैठकले बैशाख २१ गते राती १२ बजेबाट – बैशाख ३१ गते सम्म १० दिनको निषेधाज्ञा गरेको थियो । आज बसेको  वैठकले  कोरोनाबाट जोगिनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ।

कोरोना भाईरसले डोल्पालाइ पनि अछुतो नराखेको र दैनिक संक्रमण बढि रहेकाले रोकथाम र नियन्त्रणका लागि नागरिकलाइ साथ दिन आग्रह गरिएको छ । जेठ १ गतेबाट अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालहरु बाहेक अरु सबै कार्यालहरु ७ गते सम्म बन्द गर्ने र बैङ्कहरुले एक चौथाई कर्मचारीहरुबाट सेवा प्रदान गर्न निर्णय गरेको छ । मानिसको आवतजावतलाइ बिशेष कडाइ गरिने पिसिआर र एनटिजिन परिक्षणबाट स‌ंक्रमित भएका बिरामीलाइ होम आईशोलेसनमा ब्यस्थापन गरिने । स्थानीय तहले आफना स्थानीय तहमा स‌ंक्रमित भएकालाइ व्यवस्थापन गरि जाँचमा कडाई गर्ने जस्ता निर्णहरु गरिएका छन ।

त्यसैगरि दुनै त्रिपूराकोट र जुफाल बजार बिहान ९ देखी १२ बजे सम्म मात्रै खुल्नेछन भने अरु २१ गतेकै निर्णयहरुलाइ कार्यान्वन गर्न जिल्ला कोभिट स‌कट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ । कुनैपनि नागरिकले कोही नयाँ मानिस गाउँमा आएको थाहा पाएमा प्रहरीलाइ खबर गर्न आग्रह गरिएको छ । हाल सम्म जिल्लामा ५० जना भन्दा धेरै स‌ंक्रमित छन ।





error: Content is protected !!