अठार घण्टा पछि खुल्यो छिन्चु जाजरकोट सडक खण्ड

जाजरकोट ः अविरल वर्षाका कारण १८ घण्टा देखि अवरुद्ध छिन्चु जाजरकोट सडक खण्ड भर्खर खुलेको छ । सुर्खेतको धारापानी मा भारी वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध बनाएको थियो । डोजरले बाटो मर्मत गरेसँगै अवरुद्ध बाटो भर्खर खुलेको सल्यान सहकार्मी इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।



