स्वास्थ्य सेवा कार्यालयद्धारा नयाँ सिलिण्डर खरिद कार्य सुरु

जाजरकोट ः अक्सिजन पलान्ट केही दिनमौ जिल्ला अस्पतालमा पुग्ने भएपछि स्वास्थ्य सेवा कार्यालयले अक्सिजन ग्यास सिलिण्डर खरिद प्रक्रिया अगाडी बढाएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा रहेको ५४ सिलिण्डर अहिले नेपालगन्जबाट अकि्सजन भरेर ल्याइ जिल्ला अस्पतालमा काम चलाइरहेको बताएको छ । अव थप सिलिण्डर गरिद प्रक्रिया सुरु गरि जिल्लामै अक्सिजन पलान्ट आएपछि सजिलो हुँने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम न्यौपानेले जानकारी दिनुभयो

। अहिले जिल्लामा आइसोलेशन वेडको संख्य १०३ , आइसियू कक्ष ३ वटा ,भेन्टिलेटर १ , एचडियू वेड १ , अक्सिजन सहितको आइसुलेशन वेड ३३ र साधारण आइसुलेशन ७० वेड रहेको उहाँले जानकारी दिनुभयो । ५० शय्या जिल्ला अस्पताल निर्माण कार्य जारी रहेका कारण ठाउँको अभाव रहेको बताएको छ ।





error: Content is protected !!