छिन्चु- जाजरकोट सडक अवरुद्ध

सल्यान ः अविरल वर्षापछि आएको पहिरोले छिन्चु- जाजरकोट सडक अवरुद्ध भएको छ।
गुर्भाकोट नगरपालिका(३, धारापानी नजिकै मंगलबार साँझ ७ बजेदेखि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा अस्पतालतर्फ लगिएका बिरामीहरू बाटैमा अलपत्र परेका छन्। ६० देखि ८० वटासम्म एम्बुलेन्स र खाद्यान्न बोकेका गाडी अलपत्र परेका स्थानीय दलबहादुर विकले जानकारी दिए।
डोजर लगाएर सडक खुलाउने प्रयास भइरहेको छ।







