अर्को सरकार नबनुन्जेल राष्ट्रपतिले दिइन् प्रधानमन्त्री ओलीलाई नै ‘कामचलाउ’को जिम्मेवारी

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्‌मा विश्वासको मत आर्जन गर्न नसकेपछि राष्ट्रपतिले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन नहुञ्जेल मन्त्रिपरिषद् कार्यसञ्चालनको जिम्मा ओलीलाई नै दिएकी छन्।

नयाँ सरकार गठन नहुञ्जेलसम्मको अवस्थामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई ‘कामचलाउ’को जिम्मा तोकेकी हुन्।

धारा ७६ (२) अनुसारको नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई वैशाख ३० गतेसम्मको समयसीमा तोकेकी छन्।





error: Content is protected !!