पाल्पाका सबै पालिकामा कोरोना अस्पताल तयार

सुशीला रेग्मी
रामपुर (पाल्पा),ः पाल्पा दशवटै स्थानीय सरकारले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजन सहितको कोरोना अस्पताल तयार पारी संचालनमा ल्याएका छन् ।

कोरोना सङ्क्रमित बिरामीले अस्पतालको शैया नपाएर मृत्युवरण गरेको खबर देशैभर बढ्न थालेपछि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले स्वास्थ्यकर्मी, अकि्सजन, स्वास्थ्य सामग्री सहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका हुन् ।

रामपुर नगरपालिकाले तीन स्थानमा पाँच/ पाँच शैयाको गरी पन्ध्र शैयाको अकि्सजन सहितको कोरोना अस्पताल तयार पारेको छ । वडा नं १ सि्थत गाँडाकोट स्वास्थ्य चौकी, वडा नं ९ जब्गादी सि्थत टङ्कनाथ स्मृति भवन र १० गेझा सि्थत भानुभक्त माविमा पाँच/ पाँच शैयाको कक्ष तयार गरिएको आइसोलेशन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हिमाल मल्लले जानकारी दिनुभयो ।

त्यसैगरी रामपुर अस्पतालमा दश शैयाको अकि्सजन सहितको आइसोलेशन कक्ष तयार पारिदैछ । तत्कालका लागि तयार पारिएका तीन स्थानमा तीन÷तीन वटा अकि्सजनको व्यवस्था गरिएको छ ।

नगरपालिकाले पचास वटा ठुला सिलिण्डर अकि्सजन व्यवस्थापन गर्दैछ । हाललाई भने वीस सिलिण्डर अकि्सजनको व्यवस्था छ । यसैगरी रामपुर अस्पतालले आफ्नै व्यवस्थापनमा दश शैयाको अकि्सजन सहितको आइसोलेशन कक्ष तयार पारेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले जानकारी दिनुभयो ।

रम्भा गाउँपालिकाले तत्कालका वडा नंं ५ ताहँमा पाँच शैया र वडा नंं १ हँगीमा पाँच शैया गरी दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि पालिकाले जोखिमयुक्त क्षेत्रमा शिल गरेको छ । रम्भाका पाँचवटै वडामा कमि्तमा वीस/ वीस शैयाको अकि्सजन सहितको आइसोलेशन कक्ष तयार पारिने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाले वडा नं ४ सि्थत छहरामा दश शैयाको कोभिड अस्पताल तयार पारी संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । यस पालिका पाल्पा जिल्लाका दश पालिका मध्ये कोरोना सङ्क्रमणको दरमा दोस्रो स्थानमा पर्दछ ।

पुर्वखोला गाउँपालिकाले दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । त्यस्तै निस्दी गाउँपालिकाको वडा नं ५ सि्थत ढुंगानावेशीमा अकि्सजन सहितको पाँच शैयाको आइसोलेशन कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ ।

तिनाउँ गाउँपालिकाले वडा नंं २ दोभान सि्थत दोभान माविमा दश शैयाको कोभिड अस्पताल निर्माण गरी स्वास्थ्यकर्मी, खानपान, विभिन्न स्वास्थ्य उपचार सामग्री सहितको प्रबन्ध गरी संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताउनुभयो ।

बगनासकाली गाउँपालिकाले वडा नंं २ सि्थत पोखराथोकमा दश शैयाको कोरोना अस्पताल संचालनमा ल्याएको

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पचास वटा अकि्सजन सिलिण्डर खरिद गरिदैछ । यस गाउँपालिकाले बिरामीलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन घर घरमा पुगेर औषधी उपचार सेवा दिदै आइरहेको छ ।

रिबि्दकोट गाउँपालिकाले पाँच शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ भने पचास शैयाको अकि्सजन सहितको आइसोलेशन कक्ष तयार पारेको छ । सङ्क्रमित बिरामीको मनोबल बढाउन घरमै पुगेर जानकारी लिने काम भइरहेको र अप्ठ्यारो परेमा कोभिड अस्पताल सम्म लैजाने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी बताउनुहुन्छ ।
माथागढी गाउँपालिकाले वडा नं ४ मा पन्ध्र शैयाको अकि्सजन सहितको कोरोना अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

æअस्पताल पनि बिरामीले भरिदा शैया नपाएर अकालमै मृत्युवरण गर्नु परेको अवस्था छ, पालिकाले स्वास्थ्यकर्मी, विभिन्न स्वास्थ्य सामग्रीको प्रबन्ध गरी अस्पताल संचालनमा ल्याएको छ, सङ्क्रमित बिरामीको दर बढ्दै गएको खण्डमा थप शैया तयार पार्नेछौँÆ अध्यक्ष मगरले भन्नुभयो ।

तानसेन नगरपालिकाले भने जिल्ला अस्पताल पाल्पामा तीस शैयाको अकि्सजन सहितको कोराना अस्पताल निर्माणको काम गरिरहेको नगर प्रमुख अशोककुमार शाही बताउनुहुन्छ । जिल्ला सदरमुकाम तानसेनमा कोरोनाका बिरामीको दर पनि बढ्दो रहेको छ ।–––





error: Content is protected !!